११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन

ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन
अ अ+ अ-

काठमाडौं । ग्यासको आपूर्ति तथा वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गृह मन्त्रालयमार्फत आज पनि उपत्यकाका विभिन्न क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको वितरण अवस्थाबारे निगरानी भइरहेको हो।

उद्योगमन्त्री गौरीकुमारी यादवको पहलपछि ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या समाधान गर्दै वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन निगरानीलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

ग्यास वितरणमा हुने अनियमितता, कृत्रिम अभाव तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले निगरानी बढाइएको हो। मन्त्रालयले ग्यास आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र अनुगमन जारी राखेको जनाएको छ।