१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन



अ+ अ-

काठमाडाैँ । यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२÷०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ तुलनामा त्यो रकम रु एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो ।

त्यस कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट रु ५९ करोड ३७ लाख १४ हजार ३८० र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु एक हजार चार सय सङ्कलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु १६ करोड ५५ लाख ८९ हजार ७४५, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदुषण, रुट इजाजत)बाट रु एक करोड ४१ लाख १३ हजार ८३५ र व्यवसाय रजिष्ट्र दस्तुरबाट रु १६ लाख ७८ हजार २२० रकम सङ्कलन भएको छ । कार्यालयको बिमादाबी प्राप्ति रु ३२ हजार १४० रहेको जनाइएको छ ।