२८ श्रावण २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै



अ+ अ-

काठमाडौँ। कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।

राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् ।

राष्ट्रपतिकाअनुसार यस प्राकृतिक विपद्बाट ५३ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकारले मुलुकमा ‘आर्थिक संकटकाल’ घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रपति दे ला एस्पिएलाले हाल सरकारको सम्पूर्ण ध्यान र संयन्त्र बेपत्ता भएकाहरूको खोजी कार्यमा केन्द्रित रहेको जानकारी दिएका छन् ।