२२ भाद्र २०८३, सोमबार
,
Latest
काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दै ३ हजार क्षमताको सभा हल



अ+ अ-

काठमाडौं, (नेस) । काठमाडौं उपत्यकाभित्र सभा सम्मेलन गर्नका लागि सभा हलको अभाव भएको भन्दै सरकारले गोदावरीमा तीन हजार क्षमताको सभा हल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले गोदावरीमा तीन हजार क्षमताको सभा हल बनाउने निर्णय गरेको हो।शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले सभा हल निर्माणको प्रक्रिया अगाडि बढाएको छ। विभागले भवनको डिजाइन र लागत तयार गरेको छ।

गोदावरी नगरपालिका–३ गोदावरी बसपार्क क्षेत्रमा सभा हल निर्माण हुन लागेपछि स्थानीयबासी खुसी भएका छन् । सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण दुवाडीले पाँच महिनाभित्र सभाहल निर्माण गर्ने गरी काम अगाडि बढाइएको बताए । उनले भने– ‘सभा सम्मेलन गर्नका लागि सहज होस् भन्ने उद्देश्यले सभाहल निर्माण गर्न लागिएको हो।’करिब १ सय १२ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सभाहल निर्माण गर्न विभागले ठेक्का आह्वान गर्ने अन्तिम तयारी गरेको छ।

प्रवक्ता दुवाडीले प्रिफायव प्रयोग गरेर निर्माण गर्न लागिएको सभाहल छोटो अवधिमा नै सम्पन्न गर्ने दाबी गरे। विभागका अनुसार सभाहल निर्माण गर्न करिब ७० करोड रुपियाँ खर्च हुनेछ ।गोदावरी नगरपालिकाअन्तर्गत गोदावरीमा निर्माण गर्न लागिएको राष्ट्रियस्तरको पहिलो सभाहल हो । सभाहल निर्माण भएसँगै गोदावरी क्षेत्रको आर्थिकस्तरमा समेत वृद्धि हुने विश्वास स्थानीयले लिएका छन् ।

हाल बसपार्क क्षेत्रमा नै सभा हल निर्माण गर्न लागिएको हो। स्थानीय श्यामसुन्दर सिलवालले सभाहल निर्माण भएसँगै रोगजारीको अवसरसमेत सृजना हुने बताए । ‘पर्यटकीय क्षेत्र भए पनि सीमित होटल मात्र रहेको गोदावरीमा ठूलो सभाहल निर्माण हुने भएपछि हामी खुसी भएका छौं’ –उनले भने।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै