१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दै ३ हजार क्षमताको सभा हल



अ+ अ-

काठमाडौं, (नेस) । काठमाडौं उपत्यकाभित्र सभा सम्मेलन गर्नका लागि सभा हलको अभाव भएको भन्दै सरकारले गोदावरीमा तीन हजार क्षमताको सभा हल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले गोदावरीमा तीन हजार क्षमताको सभा हल बनाउने निर्णय गरेको हो।शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले सभा हल निर्माणको प्रक्रिया अगाडि बढाएको छ। विभागले भवनको डिजाइन र लागत तयार गरेको छ।

गोदावरी नगरपालिका–३ गोदावरी बसपार्क क्षेत्रमा सभा हल निर्माण हुन लागेपछि स्थानीयबासी खुसी भएका छन् । सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण दुवाडीले पाँच महिनाभित्र सभाहल निर्माण गर्ने गरी काम अगाडि बढाइएको बताए । उनले भने– ‘सभा सम्मेलन गर्नका लागि सहज होस् भन्ने उद्देश्यले सभाहल निर्माण गर्न लागिएको हो।’करिब १ सय १२ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सभाहल निर्माण गर्न विभागले ठेक्का आह्वान गर्ने अन्तिम तयारी गरेको छ।

प्रवक्ता दुवाडीले प्रिफायव प्रयोग गरेर निर्माण गर्न लागिएको सभाहल छोटो अवधिमा नै सम्पन्न गर्ने दाबी गरे। विभागका अनुसार सभाहल निर्माण गर्न करिब ७० करोड रुपियाँ खर्च हुनेछ ।गोदावरी नगरपालिकाअन्तर्गत गोदावरीमा निर्माण गर्न लागिएको राष्ट्रियस्तरको पहिलो सभाहल हो । सभाहल निर्माण भएसँगै गोदावरी क्षेत्रको आर्थिकस्तरमा समेत वृद्धि हुने विश्वास स्थानीयले लिएका छन् ।

हाल बसपार्क क्षेत्रमा नै सभा हल निर्माण गर्न लागिएको हो। स्थानीय श्यामसुन्दर सिलवालले सभाहल निर्माण भएसँगै रोगजारीको अवसरसमेत सृजना हुने बताए । ‘पर्यटकीय क्षेत्र भए पनि सीमित होटल मात्र रहेको गोदावरीमा ठूलो सभाहल निर्माण हुने भएपछि हामी खुसी भएका छौं’ –उनले भने।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।