७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु
अ+ अ-

महेन्द्रनगर। कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० यता हालसम्म सवारी दुर्घटनामा परी १५४ जनाले ज्यान गुमाउनुका साथै एक हजार ७८४ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका भन्दै पूर्व-पश्चिम राजमार्गमा बढी दुर्घटना भइरहेकाले सवारी चलाउँदा सचेत हुनुपर्नेमा जोड दिनुभयो । “ट्राफिक जानकारीसहित सचेतना पनि फैलाइरहेकै छौँ”, उहाँले भन्नुभयो, “मोटरसाइकल र स्कुटर दुर्घटनामा बढीले ज्यान गुमाएका देखिन्छ ।” उहाँले ठूला सवारीसाधन दुर्घटना न्यून रहे पनि साना सवारीको दुर्घटना बढी हुने गरेको बताउनुभयो ।

प्रहरी निरीक्षक नाथले पछिल्लो सडक जाँच बढाउँदा मादक पदार्थ सेवक गरेर सवारी चलाउने सङ्ख्यामा कमी आएको बताउनुभयो । “दैनिकजसो राति १२ः०० बजेसम्म जाँच हुन्छ”, उहाँले भन्नुभयो, “बजार क्षेत्रबाट राजमार्गका विभिन्न स्थानमा जाँच नियमित हुन्छ ।” उहाँले तीव्र गतिका कारण अधकिांश दुर्घटना हुने गरेका जानकारी दिनुभयो ।

कञ्चनपुरमा आव २०७९/८० मा सवारी दुर्घटनाबाट ४३ जनाको मृत्यु र ५९ जना घाइते भएका ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा ३२ जनाको मृत्यु र ७४ घाइते, आव २०८१/८२ मा ३८ को मत्यु र ७७३ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

गत वर्ष २०८२/८३ मा कञ्चनपुरका ५६४ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक नाथको भनाइ छ । गत आवमा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएका प्रहरी निरीक्षक नाथले जानकारी दिनुभयो ।

बितेको तीन आवमा यहाँ ३५ हजार ८६१ सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेका भन्दै कारबाही गरिएको छ । गत आवमा मात्रै ट्राफिक कारबाहीबाट कञ्चनपुरमा रु ५९ लाख १४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । रासस