काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आइतबार दिउँसो १२ः३० बजे सूचना जारी गर्दै मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालनमा रहेको जानकारी दिएको हो।
सडक डिभिजन भरतपुरका अनुसार हाल उक्त सडकखण्डमा सवारी साधनको आवागमन सामान्य रूपमा भइरहेको छ।
सडकको अवस्था तथा सवारी आवागमनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकायले समय–समयमा सूचना जारी गर्ने जनाएको छ।











