४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ लाख लिएर घर जादै गरेका चौधरीको गोली हानी हत्या



अ+ अ-

भैरहवा । रूपन्देहीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आइतबार दिउँसो ओमसतिया गाउँपालिका ५ का वर्षीय महन्द्र चौधरीको गोली प्रहार गरी हत्या गरिएको हो। ।

चौधरी श्रीमती र एक बच्चासहित भैरहवास्थित बैंकबाट पैसा निकालेर घर जाने क्रममा रहेका थिए। मोटरसाइकलमा पिछा गर्दै आएका २ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले बताएको छ।

गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुल्न नसकेको रुपन्देही प्रहरीले जानकारी दिएको छ। हत्याराले उनले बैंकबाट निकालेर ल्याएको ५ लाख समेत उनीहरूले लुटेर लगेको बताइएको छ।