२४ श्रावण २०८३, आईतवार
,
Latest
ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित



अ+ अ-

काठमाडौँ।  संयुक्त राज्य अमेरिकाको सिनेटले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि सङ्घीय सरकारको कामकाज ठप्प (सटडाउन) हुनबाट जोगाउन एक अल्पकालीन कोष विधेयक पारित गरेको छ ।

शनिवार बिहान भएको मतदानमा उक्त विधेयकको पक्षमा ९० र विपक्षमा ६ मत परेको थियो । यस विधेयकले अधिकांश सङ्घीय सरकारी निकायहरूको कार्यसञ्चालनका लागि आगामी डिसेम्बर ११ सम्म वर्तमान स्तरमै बजेट सुनिश्चित गर्नेछ ।

सिनेटरहरू ग्रीष्मकालीन बिदामा जानुअघि घण्टौँसम्म चलेको गहन वार्तापछि यो सहमति जुटेको हो । विधेयकमा ह्वाइट हाउससँगको समन्वयमा केही विशेष प्रावधानहरू समेत समावेश गरिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, सीमा सुरक्षा बल (बोर्डर पेट्रोल) लाई कुनै पनि रकम हस्तान्तरण गर्न नपाउने सुनिश्चितताका लागि डेमोक्र्याटहरूले विशेष बुँदाहरू समावेश गराएका छन् ।

रिपब्लिकनको नियन्त्रणमा रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स ले गत महिना नै आफ्नै किसिमको अल्पकालीन कोष विधेयक पारित गरिसकेको छ ।

वर्तमान बजेटको अवधि सेप्टेम्बर ३० मा समाप्त हुनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरी यसलाई कानूनको रूप दिन दुवै सदनले आफ्ना भिन्नताहरू समाधान गर्नुपर्ने हुन्छ ।

नोभेम्बर ३ मा हुने कंग्रेसको निर्वाचनअघि सांसदहरू सरकारी कामकाज बन्द हुने स्थिति टार्न प्रयासरत देखिए पनि, यो विधेयक तल्लो सदनबाट सहजै पारित हुने विषयमा भने अझै अन्योल कायम छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल