२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी



अ+ अ-

काठमाडौँ। सङ्घीय राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तिब्रता पाएको छ ।

राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सडक योजनाले तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । यस राजमार्गको कुल लम्बाई ८० किलोमिटर रहेको छ ।

हेटौँडाको बुद्ध चोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको यस सडकको मकवानपुर खण्डमा ५० किलोमिटर र ललितपुर खण्डमा ३० किलोमिटर पर्दछ । योजनाका इन्जिनियर उपेन्द्र महारानकाअनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर खण्डको स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।

लेले–बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि २०८२ जेठ २१ गते ठेक्का सम्झौता भएको थियो । इन्जिनियर महारानले हालसम्म यस खण्डको भौतिक प्रगति करिव ५० प्रतिशत पुगेको जानकारी दिनुभयो । यसअघिको अभिलेखमा ४ किलोमिटर मात्र कालोपत्रे गर्ने उल्लेख भएपनि हाल बाढी–पहिरो नियन्त्रणसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भइरहेको योजनाले जनाएको छ । बढी भिरालो र पानी जम्ने (वाटर लगिङ) क्षेत्रहरूमा रिजिड पेभमेन्ट (सिमेन्ट कङ्क्रिट) र बाँकी भागमा अस्फाल्ट कालोपत्रे गर्ने योजना रहेको छ ।

उहाँले भन्नुभयो, ‘सम्झौता अनुसार तोकिएको माइलस्टोन पछ्याउँदै काम भइरहेको छ । अहिले मुख्य रूपमा स्ट्रक्चर (संरचना) निर्माणको काम भइरहेको छ । दुई लेन नपुगेका ठाउँमा सडक फराकिलो बनाउने र मोडहरू सुधार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।’

निर्माणको जिम्मा पाएको कन्काई–ब्राइट मल्टि–दिव्यज्योति जेभीका सञ्चालक राजकुमार बुढाथोकीले विपद्जन्य योजना भएकाले जोखिमयुक्त क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । हाल सडक खण्डमा प्लम वाल, ग्याबिन जाली लगाउने र कटिङ गर्ने कार्य भइरहेको छ । आउने वर्षमा रोड सेफ्टी लगायतका काममा लागेको बताउनु भयो । उहाँले वर्षैपिच्छे ठूलो पहिरो आएर गाडीहरु रोकिरहने समस्या रहेको बताउनु भयो । सबैकुरा सहज भएको अवस्थामा भुक्तानी, निर्माणजन्य कुराहरु र बिटुमिन लगायतका सामग्री सबै आवश्यक जति पाइए र सरकारले निर्माण कार्यको वातावरण बनाए समयमै काम सकिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी ६३ किलोमिटर चेनेजमा काम गरिरहेका छौँ । यस खण्डमा रहेका छपेली र टाकुरचे पहिरो मुख्य चुनौतीका रूपमा रहेका छन् ।’

वर्षायाममा यी क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेकाले यस पटक पहिरो नियन्त्रणका लागि विशेष कार्य भइरहेको उहाँको भनाइ छ । निर्माण व्यवसायीले आगामी वर्षभित्र रिजिड पेभमेन्ट, ब्ल्याक टप (कालोपत्रे) र सडक सुरक्षाका लागि बायो–इन्जिनियरिङका कामहरू सक्ने लक्ष्य राखेको छ ।

२०८२ जेठ २१ गतेसम्मको समयसीमा रहेको यस आयोजनामा कुनै अवरोध नभए निर्धारित समयमै काम सम्पन्न हुने निर्माण कम्पनीको दाबी छ । निर्माण व्यवसायीले राज्यका तर्फबाट समयमै भुक्तानी, बिटुमिन तथा इन्धनको सहज आपूर्ति र मूल्य वृद्धिको सम्बोधन भएमा काम गर्न थप सहज हुने उल्लेख गरेका छन् ।

राजधानी जोड्ने यो वैकल्पिक मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं र हेटौँडाबीचको यात्रा सहज र छोटो हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल