१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते



अ+ अ-

भारत। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा उक्त दुर्घटना भएको हो । गुडिरहेको बस सडकबाट चिप्लिएर तल रहेको अर्को सडकमा खसेको थियो ।

दुर्घटनाको समयमा बसमा कुल १८ जना सवार रहेको बताइएको छ । अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसैबीच, हिमाचल प्रदेशमा जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षा र पहिरोका कारण राज्यका १८५ वटा सडकहरू बन्द भएका छन् । राज्य आपतकालीन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार गत जुन ३० मा मनसुन शुरु भएयता हिमाचल प्रदेशमा कुल १४३ जनाले ज्यान गुमाइसकेका छन् ।

तीमध्ये ६५ जनाको वर्षाजन्य विपद्का कारण र ७८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको केन्द्रले जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल