७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रको पत्रकार सम्मेलनमा पत्रकार भन्दै अखिलका विद्यार्थीहरु प्रवेश गरेपछि…



अ+ अ-

काठमाडौँ । नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अखिलका विद्यार्थी नेता प्रवेश गरेको खुलासा भएको छ । आइतबार दिउँसो पुल्चोकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु प्रवेश गरेर अभियान्ता शाहीमाथी हातपात गरेका हुन् ।

पत्रकार सम्मेलनमा पत्रकार भनेर प्रवेश गरेका त्रि–चन्द्र क्याम्पस अखिलका गोविन्द थपलिया लगायतका नेताहरुले विवाद निकालेर शाहीमाथि आक्रमणको प्रयास गरेका थिए । शनिबार नेपालगञ्ज एयरपोर्टबाट काठमाडौँ आउने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईले १ घण्टा बुद्ध एयरको जहाज रोकेको र ज्ञानेन्द्र शाहीलगायतको समूहले गरेको दुरव्यवहारको विषयमा स्पष्टिकरण दिन यो पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।