१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रको पत्रकार सम्मेलनमा पत्रकार भन्दै अखिलका विद्यार्थीहरु प्रवेश गरेपछि…



अ+ अ-

काठमाडौँ । नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अखिलका विद्यार्थी नेता प्रवेश गरेको खुलासा भएको छ । आइतबार दिउँसो पुल्चोकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु प्रवेश गरेर अभियान्ता शाहीमाथी हातपात गरेका हुन् ।

पत्रकार सम्मेलनमा पत्रकार भनेर प्रवेश गरेका त्रि–चन्द्र क्याम्पस अखिलका गोविन्द थपलिया लगायतका नेताहरुले विवाद निकालेर शाहीमाथि आक्रमणको प्रयास गरेका थिए । शनिबार नेपालगञ्ज एयरपोर्टबाट काठमाडौँ आउने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईले १ घण्टा बुद्ध एयरको जहाज रोकेको र ज्ञानेन्द्र शाहीलगायतको समूहले गरेको दुरव्यवहारको विषयमा स्पष्टिकरण दिन यो पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।