२२ भाद्र २०८३, सोमबार
,
Latest
काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसद्धारा दोस्रो बैठक पनि अवरोध, सोमबार अर्को बैठक बस्ने



अ+ अ-

काठमाडौँ । आइतबार काँग्रेसले बाँके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएलगत्तै सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै काँग्रेसका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए ।

संसदमा प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुख महराले अर्को बैठक सोमबार ३ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे । यसअघि प्रतिनिधिसभाको पहिलो बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले विरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि काँग्रेस सांसदले विरोधलाई निरन्तरता दिएका थिए ।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाएका थिए । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको खाँडले निन्दा र भत्र्सना गरे ।




भर्खरै