१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख विद्यार्थी बाहिरिए



अ+ अ-

काठमाडौं । पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ ।

२०६७/६८ मा ११ हजार ९ सय ८२ जना र २०६८/६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन् । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने प्रावधान छ । यस्तै, २०६९/७० मा १६ हजार ५ सय ४, २०७०/७१ मा २८ हजार १ सय २६ र २०७१/७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए ।

तर, सरकारले ती विद्यार्थीको अवस्थाबारे तथ्यांक राख्न सकेको छैन । जसकारण, विदेशमा नेपाली विद्यार्थीको अवस्थाबारे सरकारलाई जानकारी छैन ।

“दैनिक १६४ जना विद्यार्थी पलायनत्र सरकार भन्छ स् जनशक्ति प्रक्षेपण प्रतिवेदनले समस्याको हल निस्कन्छ”

यसैगरी, २०७२/७३ मा ३२ हजार ४ सय ८९, २०७३/७४ मा ५० हजार ६ सय ५९ जना, २०७४/७५ मा ५८ हजार ७ सय ५८ र २०७५/७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थी बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अध्ययनका लागि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका ६० वटा देशमा जाने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार ३ लाख ६१ हजार ४ सय ५५ जना विद्यार्थीले नेपालमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

जनशक्ति प्रक्षेपण कार्यदलको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । जनशक्ति प्रक्षेपणले मुलुकमा केका लागि कति जनशक्ति आवश्यक छ भनेर प्रक्षेपण गर्ने र बिदेसिने विद्यार्थीको संख्या न्यून केही संख्यामा घट्ने अपेक्षा लिइएको छ ।

छात्रवृत्तिसम्बन्धी ऐन २०२१ संशोधनसहितको नियम २७ को ९क० बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न न्यूनतम १० जोड २ वा सोसरह उत्तीर्ण गरी विदेशका विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा अध्ययन गर्न जान पाउने नयाँ व्यवस्था गरिएको छ ।, समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।