१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिडी फोर’ मेसिन नहुँदा एचआइभी संक्रमित समस्यामा



अ+ अ-

काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एचआइभी एड्सजस्ता घातक रोग परीक्षण गर्ने ‘सिडी फोर’ मेसिन नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । विगत ६ महिनादेखि सरुवा रोग अस्पतालमा ‘सिडी फोर’ मेसिन छैन ।

एड्स लागेका थुप्रै व्यक्ति टेकु अस्पतालमा भर्ना भएका छन् । तर, ‘सिडी फोर’ मेसिन नहुँदा उपचारमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले बताए । ‘१०० भन्दा तल सिडी फोर गए थप नयाँ रोग चिकित्सकले खोज्ने गर्छन् । एचआइभीका कारण शरीरका कोषिका घटेर जान्छ । त्यसको मोनिटरिङ (जाँच) गर्न सिडी फोर मेसिन आवश्यक हुन्छ,’ डा. बास्तोलाले भने ।

रगतमा सिडी फोरको मात्रा पाँच सयदेखि १५ सय परक्युबिक मिलिलिटरसम्म हुन्छ । यो घटेर दुई सय परक्युबिक मिलिलिटर भएमा एचआइभी एड्स जनाउने अवसरवादी रोग हेरिन्छ । त्यसैगरी, एक सय परक्युबिक मिलिलिटरभन्दा तल सिडी फोर गए थप नयाँ रोगका बारेमा चिकित्सकले खोजी गर्नेछन् । बास्तोलाका अनुसार कसैको सिडी फोर ३५० भन्दा कम भए कोट्रिमोक्साजोल (एन्टिबायोटिक) दिने गरिन्छ ।

चिकित्सकका अनुसार एचआइभी संक्रमितपछि आवश्यकतानुसार रक्त परीक्षण गराई सिडी फोर गणना गरिन्छ । रगतमा सिडी फोरको गणना ३०० सयभन्दा कम देखिएमा संक्रमितले एआरबी एन्टी रेडरो भाइरल औषधि सेवन गर्नुपर्छ ।, समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।