२२ भाद्र २०८३, सोमबार
,
Latest
काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति संरक्षण गर्न रोपाइँ जात्रा



अ+ अ-

मिक्लाजुङ । रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै गएको हुँदा संस्कृति संरक्षणको निम्ति भन्दै पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको छ । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको तर अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको वडाध्यक्ष गोपाल गुरुङले बताए ।

रानीटार माविका विद्यार्थीले प्रदर्शन गरेको उक्त रोपाइँ जात्रामा १० वटा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका पहिरन लगाएर रोपार, बाउसे, हलीले रोपाइँ गरेका थिए । विसं २०३८ भदौ ४ गतेबाट गर्न थालिएको रोपाइँ जात्रा ०५४ सालमा तत्कालीन माओवादीको द्वन्द्वकालीन समयमा गर्न नसकिएको रानीटार माविका शिक्षक सूर्य अधिकारीले बताए ।

पछि द्वन्द्व सकिएपछि पुनः २०६४ सालदेखि रोपाइँ जात्रालाई निरन्तरता दिइएको उनले बताए । इतिहासमा सीमित हुन लागेको बेठी लगाएर गरिने रोपाइँ लोप हुन लागेपछि नयाँ पुस्ताले पनि सिकुन् भनेर उक्त रोपाइँ जात्रा देखाइएको रानीटार माविका प्रधानाध्यापक भक्त राईले बताए ।

विसं २०३८ देखि तत्कालीन मुवा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मोत्सवको अवसरमा बाल दिवस मनाइँदा भदौ ४ गते रोपाइँ जात्रा गर्न थालिएको स्थानीय बताउँछन् । गणतन्त्र स्थापनापछि मिति सारेर भदौ २९ गते बाल दिवसको दिन रोपाइँ जात्रा निकालिएको रोपाइँ जात्रा व्यवस्थापन समितिका सचिव रुपेन तामाङ बताउछन् ।

रोपाइँजात्रा उद्घाटन कार्यक्रममा फिदिम नगर प्रमुख ओनाहाङ नेम्वाङले लोप हुन लागेको बेठी लगाएर गरिने रोपाइँ संरक्षणको निम्ति महत्वपूर्ण कार्य भएको बताए ।




भर्खरै