२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप ६ उपसमिति गठन गरी संयोजक तोकेको छ ।

कांग्रेसका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले आज सो निर्णय गरेको हो ।

बैठकले अन्तरराष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश केसी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा चापागाईंलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग र समुदायः संवाद र सशक्तीकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान र स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई जिम्मेवारी तोकिएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले प्रतिष्ठान प्रमुखले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी प्रदान गरिएको छ । प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ उपसमिति गठन गरिएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।