१९ श्रावण २०८३, मंगलवार
,
Latest
मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव नेपाल राष्ट्र बैंकको संरचना र स्वायत्ततामा सन्तुलन आवश्यकः अर्थमन्त्री वाग्ले झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग समसामयिक विषयमा छलफल कप्तानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार



अ+ अ-

काठमाडौँ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनामार्फत हवाई उद्धार गरेको हो ।

मन्त्रालयले यसका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ समेत जारी गरेको छ । कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रशव व्यथा (१८ घण्टाभन्दा बढी) लागि नवजात शिशु जन्मन कठिनाइ भएको, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर शिशु जन्मन कठिनाइ भएको, शिशु जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केको, गर्भमा नै शिशुको निधन भएको, गर्भ अवस्थामा गर्भवतीको हातखुट्टा र शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपिएच र प्रसूतिपश्चात्को अवस्थामा हुने पिपिएस अधिक रक्तश्राव भएको, पाठेघर फुटेको, पाठेघरभन्दा बाहिर शिशु बसेको आशङ्का भएकोलगायतका छन् । रासस