१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित)



अ+ अ-

काठमाडाैँ । न्युनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् ।

नर्स रानाभाटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन र उनका जायज मागहरूको शिघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौं उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’, ‘सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर’, ‘नर्सिङ ऐन कार्यान्वयन गर’, ‘गुणस्तरीय नर्सिङ शिक्षा कायम गर’ र ‘बिरामी सुरक्षाको प्रत्याभूति गर’ जस्ता मागहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकासका सम्बन्धमा सरकारसँग विगतमा पटक–पटक सम्झौता भएपनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको प्रदर्शनकारीहरूको गुनासो छ ।

आमरण अनसनको छैटौँ दिन पुग्दा नर्स रानाभाटको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरूले रानाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह गरेका छन् । –न्युज एजेन्सी नेपाल

 




भर्खरै