२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

२० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा

२० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा
अ अ+ अ-

काठमाडाैँ । नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब २० अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको ११३ किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम अघि बढाइएको हो।

सडक विभाग, आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार विभिन्न चुनौतीका बाबजुद आयोजना अहिले सम्पन्न हुने चरणमा पुगेको छ। अन्तर–निकाय समन्वयको अभाव, निर्माण व्यवसायीको नगद प्रवाह व्यवस्थापनमा समस्या, कोभिड–१९ महामारी तथा रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइका कारण आयोजना निर्धारित समयभन्दा केही पछि धकेलिएको उहाँले बताउनुभयो।

एडिबीको ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानीमा निर्माण भइरहेको उक्त सडक २०७५ चैत ८ गतेदेखि विस्तारको काम सुरु भएको हो। सुरुमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

आयोजनाअन्तर्गत ६५ किलोमिटर लामो नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी खण्ड र ४९ किलोमिटर लामो दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्डका रूपमा विभाजन गरिएको छ। सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गर्ने क्रममा बजार क्षेत्रमा २८ किलोमिटर सडकलाई छ लेन र अन्य क्षेत्रमा चार लेनमा स्तरोन्नति गरिएको छ।

आयोजना निर्देशक ढकालले आफूले जिम्मेवारी सम्हाल्दा आयोजनाको निर्धारित म्याद सकिइसकेको र थपिएको समयसीमा पनि समाप्त हुन लागेको अवस्थामा आयोजना पूरा हुने वा नहुने विषयमा गम्भीर अन्योल रहेको बताउनुभयो। त्यसपछि निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी समस्या पहिचान गरेर समाधानको प्रयास अघि बढाइएको उहाँको भनाइ छ।

निर्माण सामग्रीको आपूर्ति, विद्युतका पोल स्थानान्तरण, रुख कटान अनुमति लगायतका प्रशासनिक तथा प्राविधिक अवरोध हटाइएको उहाँले जानकारी दिनुभयो। निर्माण व्यवसायी आर्थिक समस्यामा परेर पर्याप्त नगद प्रवाह र स्रोत परिचालन गर्न नसक्नु आयोजनाको मुख्य समस्या रहेको उहाँले बताउनुभयो।

समस्या समाधानका लागि नेपाल सरकारको उच्च तह, चिनियाँ राजदूतावास तथा सम्बन्धित पक्षसँग समन्वय गरी निर्माण कम्पनीको मुख्य कार्यालयसम्म विषय पुर्‍याइएको र आवश्यक स्रोत–साधन जुटाउन पहल गरिएको ढकालले बताउनुभयो। त्यसपछि निर्माण कम्पनीले आवश्यक स्रोत परिचालन गरी कामलाई तीव्रता दिएको र आयोजना अहिले अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ।

नेपालको प्रमुख ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–बुटवल सडक स्तरोन्नति सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत यस खण्डको आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

– न्युज एजेन्सी नेपाल