८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित

नोट हाम्रो, हात्ती कसको–कसको ?

नोट हाम्रो, हात्ती कसको–कसको ?
अ+ अ-

काठमाडौं । हजारको नोट अर्थात् सजिलो भाषामा– ‘हात्ती।’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्। विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने। अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिरछापिएका हजारका नोट अर्को दशैंसम्म आइसक्नेछन्। त्यसको प्रक्रिया अघि बढाइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तिसारमा ८ वर्षअघि जन्मिएका हुन्। अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन्। हात्तीकै विषयमा विद्यावारिधी गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली नै ठान्छन्। एसियामा तीन किसिमका हात्ती पाइन्छन्। म्याक्सिमस, इण्डिसस र सुमात्रानस। तीनै उपप्रजाती हेर्दा उस्तै देखिन्छन्। नेपालदेखि श्रीलंकासम्म म्याक्सिमस पाइन्छन्।

नोटमा छापिएका हात्तीको दाह्रा र कानले इण्डोनेशिया वरपरको सुमात्रा टापुमा पाइने हात्तीजस्तो देखिएको विज्ञहरु बताउँछन्। यद्यपि, पोट्रेट भएकाले यसको पुष्टि गर्न कठीन हुने डा. प्रधानको आँकलन छ। राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘त्यतिबेला हात्ती राख्ने त भने। नेपालको हो की विदेशको हो, मतलब गरेनन्।’ नोट निष्काशनमा यतिधेरै अन्धाधुन्ध हिसाबले निर्णय हुने चाहीँ होइन। राष्ट्र बैंकको नोट छपाइ समितिमा गभर्नर संयोजक हुन्छन् भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पुरातत्व विभागका प्रमुखहरु पनि समेटिन्छन्।

राष्ट्र बैंककै डेपुटी गभर्नरहरु र मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समितिमा रहन्छन्। तिनले आ–आफ्ना विषयगत तस्बिरउपलब्ध गराउने गरेको राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन्। तर हात्तीको तस्बिरराख्न सुरु गरेको धेरै समय भएकाले त्यो कसरी जुटाइयो भन्ने जानकारी बैंकका वर्तमान अधिकारीहरुलाई छैन। बैंकको मुद्रा व्यवस्थापन विधागका कार्यकारी निर्देशकसमेत रहेका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भने संसारमै दुर्लभ हुने जुम्ल्याहा हात्ती नेपालमा पाइएकाले त्यो दुर्लभतालाई समावेश गर्न खोजिएको बताउँछन्।

मातृ सत्तात्मक परिवारमा बसोबास गर्ने प्रजाति हात्तीको जुम्ल्याहा बच्चा जन्मनु संसारमै दुर्लभ मानिन्छ। एसियाका नेपाल र थाइल्याण्डमा मात्रै जुम्ल्याहा बच्चा जन्मिएको ‘रेकर्ड’ छ। अफ्रिकामा भने केन्या, ताञ्जानिया र दक्षिण अफ्रिकामा जुम्ल्याहा हात्ती जन्मिएको पाइन्छ। ‘जन्मिँदै ८० देखि १०० किलो तौल हुने हात्तीका बच्चा २२ महिनासम्म पेटमा राख्नु निकै कठीन हुन्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत हात्ति विज्ञ प्रधान भन्छन्, ‘त्यसकारण यस्ता ठूला जनावरको जुम्ल्याहा बच्चा जन्मनु निकै दुर्लभ हो।’

नोटमा सुरक्षा प्रबन्धका लागि तस्बिरको साटो पोट्रेट राख्ने गरिएको छ। भारतीय केन्द्रिय बैंकले पछिल्लो नोट सिरिजमा महात्मा गान्धीको तस्बिरहटाएर पोट्रेट राखेको छ। नक्कली नोट छपाइ नहोस् भनेर यस्तो पोट्रेट राख्ने गरिएको हो। नोटमा हुने थुप्रै सुरक्षा प्रबन्धमध्ये पोट्रेट तस्बिरपनि एक हो। समाचार अन्नपुर्ण पोष्ट दैनिकबाट