२५ असार २०८३, बिहीबार
,
Latest
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन नयाँ शक्तिको उदय आर्थिक–सामाजिक असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : एमाले महासचिव शंकर पोखरेल भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घातक स्क्रब टाइफस: २५सय संक्रमित, १६ को मृ त्यु



अ+ अ-

काठमाडौं । डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा २ हजार ३ सय २३ जनालाई संक्रमण भएको छ ।

सन् २०१७ मा ६ सय ७०, सन् २०१८ मा १ हजार ९८ र सन् २०१९ मा ५ सय ५५ जनालाई संक्रमण भएको हो । यस्तै, महाशाखाका अनुसार तीन वर्षको अवधिमा १६ जनाको मृ त्यु भएको छ । स्क्रवटाइफसका बिरामी ६३ जिल्लामा भेटिएका छन् । महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरुवा रोग व्यवस्थापनअन्तर्गत अभिमुखीकरण तालिमलगायतमा केन्द्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

उनले भने, ‘परीक्षणका लागि बर्सेनि १० हजार कीट उपलब्ध हुन्छ । समयमा रोग पत्ता लगाउन सकिए यो पूर्ण रूपमा निको हुन्छ ।’ स्क्रवटाइफस नेपालमा कुनै पनि बेला महामारीको रूप लिन सक्ने चिकित्सकहरूले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. सेरबहादुर पुनका अनुसार मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट स्क्रवटाइफस हुने गर्छ ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । समयमै रोगको पहिचान गरिए पूर्ण रूपमा निको हुन्छ ।’ काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउन यता २० बढी संक्रमित भेटिएको र तीमध्ये केही काठमाडौंकै रहेको अस्पतालले जनाएको छ ।

चिकित्सकहरूका अनुसार, मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नुको टोकाइबाट स्क्रवटाइफस रोग लाग्छ । स्क्रवटाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ । संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जिउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छ । समाचार राजधानी दैनिकबाट