१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले जनजीविकाका विविध समस्या र सल्यान जिल्लाका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद मल्लले किसानले समयमै रासायनिक मल नपाएको र बजारमा खाना पकाउने ग्यासको आपूर्ति अत्यन्त न्युन रहेको बताउनु भयो ।

उहाँले बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र फितलो सञ्चार सेवाका कारण नागरिकहरू आजित भएको उल्लेख गर्दै यी सेवाहरूलाई व्यवस्थित र नियमित बनाउन माग गर्नुभयो ।स्वास्थ्य क्षेत्रको समस्या औँल्याउँदै उहाँले सल्यान अस्पतालमा महिनौँदेखि चिकित्सक उपलब्ध नहुँदा बिरामीहरू मर्कामा परेको जानकारी गराउनु भयो ।

मल्लले भन्नुभयो, ‘स्वदेशी आलुले उचित मूल्य पाएको छैन । छिमेकी मुलुकबाट आयातित आलुले बजार कब्जा गर्दा हाम्रा किसानहरू मारमा परेका छन् । स्वदेशी उत्पादनको संरक्षण र उचित मूल्य निर्धारणका लागि सरकारले प्रभावकारी नीति ल्याउन जरुरी छ ।’

सांसद मल्लले जाजरकोट भूकम्पबाट प्रभावित सल्यानको दार्मा गाउँपालिकामा आवास पुनर्निर्माणको प्रगति शुन्य रहेको प्रति कडा आपत्ति जनाउन ुभयो । संघीय सरकारले स्थानीय तहको कानुन बमोजिम तयार पारिएको विस्तृत क्षति प्रतिवेदन (डीडीए) स्वीकृत नगरेको र प्राविधिक पठाउन पटक–पटक आग्रह गर्दा पनि तीन महिनासम्म कुनै पहल नगरेको उहाँको आरोप छ । सरकारी उदासीनताकै कारण भूकम्प प्रभावित नागरिकहरू अझै पनि छानोविहीन बस्न बाध्य भएको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल