८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

हुम्ला दशैंअघि नै राष्ट्रिय सडक सञ्जालमा जोडिने

हुम्ला दशैंअघि नै राष्ट्रिय सडक सञ्जालमा जोडिने
अ+ अ-

काठमाडौं । हुम्लाको सदरमुकाम सिमीकोट दशैंअगावै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। दशैंअघि ट्र्याक निर्माण सम्पन्न भएसँगै सिमीकोट राष्ट्रिय सडक सञ्जालले जोडिने भएको हो। हुम्लाको सदरमुकाम सिमीकोटबाहेक अधिकांश सदरमुकाम राष्ट्रिय सडक सञ्जालले जोडिइसकेको छ। हुम्लाको हिल्सादेखि सदरमुकाम सिमीकोटसम्मको ९५ किलोमिटर दूरीको सडकको ट्र्याक खोल्ने काम दशैंअघि नै सकिने हिल्सा–सिमीकोट सडक योजनाले जनाएको छ।

आयोजना प्रमुख शशांक मिश्रले हिल्सादेखि सिमीकोट सडक छिचोल्न १५ मिटर मात्रै भएकाले दशैंअघि जोड्न सम्भव हुने बताए । ‘दशैंअघि नै सदरमुकाम सिमीकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन्छ। १५ मिटर मात्रै सडक खन्न बाँकी रहेको छ।’ –योजना प्रमुख मिश्रले भने ।

उनका अनुसार एक वर्षअघि नै सडक सञ्जाल जोडिनुपथ्र्यो । निकै कडा चट्टान भएको र विस्फोटक पदार्थ अभावका कारण काममा ढिलाइ भइरहेको उनले जानकारी दिए। आव २०६९/७० बाट योजना शुरू भए पनि ०७२ वैशाखमा मात्र नेपाली सेनाबाट ३ टन विस्फोटक पदार्थ दिने स्वीकृति भएको थियो तर उपलब्ध भएन।

स्वीकृति पाएको ३ वर्षपछि ०७५ वैशाखमा सेनाबाट विस्फोटक पदार्थ योजनाले पाएर भदौको पहिलो सातादेखि विस्फोट गर्दै सडकको ट्र्याक खोल्ने काम भइरहेको छ। योजनाले सडकको ट्र्याक खोल्ने कामलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको योजना प्रमुख मिश्रले बताए । ‘योजनाको पहिलो प्राथमिकता भनेको सडकको नयाँ ट्र्याक खोल्ने नै हो। त्यसैअनुसार काम भइरहेको छ।’ –उनले भने । समाचार नेपाल समाचारपत्र दैनिकबाट