२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते



अ+ अ-

काठमाडौँ। टर्कीको दक्षिणी प्रान्त अन्ताल्यामा आईतवार एउटा कार सडकबाट नियन्त्रण गुमाएर खोँचमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार मनाभगत जिल्लाको बेयडिगिन नजिकै तासागिल–देरेबुकाक सडकखण्डमा उक्त दुर्घटना भएको हो । सात जना सवार उक्त कार अनियन्त्रित भई सडकबाट तल खोँचमा खसेको थियो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ चिकित्साकर्मी, दमकल, सुरक्षाकर्मी तथा विपद् व्यवस्थापन प्राधिकरण (एएफएडी) का टोलीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।

उद्धार टोलीले घटनास्थलबाट पाँच जनाको शव फेला पारेको छ भने घाइते दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नजिकैको अस्पताल लगिएको छ ।

अन्ताल्याका गभर्नर हुलुसी साहिनले दुर्घटनाको समयमा सवारी साधनमा सात जना सवार रहेको पुष्टि गर्नुभयो । घाइतेमध्ये एक जना गर्भवती महिला रहेको समेत उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल