१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
अ अ+ अ-

सुदूरपश्चिम। पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।

उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको अस्पताल प्रमुख डा हेमराज पाण्डेले जानकारी दिनुभयो ।

लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो ।

यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुभएको छ । डा पाण्डेका अनुसार मन्त्री मेहताले उहाँसँग टेलिफोन गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको हो ।

“मन्त्रीले डा केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । यहाँ सम्भव भएसम्म सबै उपचार गर्न र केही समस्या भए तुरुन्त वैकल्पिक व्यवस्थाका लागि पहल गर्न र काठमाडौँ रेफर गर्नुपर्ने अवस्थाबारे जानकारी गराउन भन्नुभएको छ । सोहीअनुसार हामीले उच्च सतर्कतासहित निगरानी गरिरहेका छौँ”, अस्पताल प्रमुखडा पाण्डेले भन्नुभयो । रासस