८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

डोल्पाका गुम्बामा चोरी भयावह

डोल्पाका गुम्बामा चोरी भयावह
अ+ अ-

डोल्पा । माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ।

सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ। बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन्।

यहाँका अधिकांश गुम्बाका सामग्री चोरी भइसकेका छन्। बाँकी सामग्री पनि हराएर गुम्बा रित्तिने अवस्था आएपछि घरमा राखिएको डोल्पोबुद्धकै स्थानीय बासिन्दा तथा गुम्बाका अध्यता ङ्वाङ लुम्डुप गुरुङले बताए। उनका अनुसार मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका सामग्री पनि व्यक्तिका घरमा राखिएका छन्। पछिल्लो समय डोल्पाका बौद्ध गुम्बाका सामग्री चोरी हुने क्रम बढेको छ।

गत वर्ष मात्र से फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो। जिल्लाभरबाट कति मूर्ति चोरी भए भन्ने यकिन तथ्यांक कसैसँग छैन। गुम्बामा कति बहमूल्य सामग्री तथा मूर्ति छन् भन्ने तथ्यांक पनि राज्यसँग छैन। तर, ९० प्रतिशतभन्दा बढी मूल्यवान सामग्री हराइसकेको गुरुङको भनाइ छ।

गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएको छ। परापूर्वकालमा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको ठाउँमा र बौद्ध दर्शनको अध्ययनको विस्तार गर्ने उद्देश्य राखेर मुलुकको विभिन्न ठाउँमा गुम्बा स्थापना गरिएको थियो। गुम्बाभित्र सुन्दर पेन्टिङ, बहुमूल्य सामग्री तथा पुरातात्विक हिसाबले महत्व राख्ने थुपै्र दस्ताबेज राखिएका हुन्छन्।

डोल्पा बौद्ध गुम्बा धेरै भएको जिल्लामा पर्छ। तर, बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा एक सय ७ वटा मात्र गुम्बा दर्ता भएका छन्। डोल्पा जिल्लाका बौद्ध गुम्बाको विषयमा अध्ययन गरेका समितिका विज्ञ सल्लाहकार मोहनकुमार तामाङले सबै गुम्बा समितिमा दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएका कारण यकिन तथ्यांक पत्ता लगाउन नसकिएको बताए।

गुम्बाका सामग्री जतन गर्न सुरक्षा प्रबन्धसहित छुट्टै संग्रहालय खोल्ने र त्यही संग्रहालयमा यस्ता सामग्री राख्ने विषयमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, गुम्बाका अध्यतालगायत व्यक्तिसँग छलफल भइरहेको तामाङले बताए। यहाँ सार्वजनिक भन्दा पनि निजीस्तरका गुम्बा धेरै छन्। विकट ठाउँमा धेरै गुम्बा भएका कारण प्रशासनले सुरक्षा दिन सकेको छैन। डोल्पोमा डोल्पोबुद्ध, छार्का ताङसोङ, से फोक्सुन्डोलगायत गाउँपालिकालाई निकै विकट मानिन्छ।

यी गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन। मंसिर लाग्नेबित्तिकै हिउँले ढाक्ने भएका कारण यी क्षेत्रमा मानिसको बसोबास निकै कम छ। बसोबासका लागि समेत समस्या पर्ने भएका कारण ती ठाउँका गुम्बालाई सुरक्षाकर्मीले सुरक्षा दिन सक्दैनन्। ती गुम्बामा लामा बस्छन्। मुखमा पट्टी बाँधेर आउने चोरले लामालाई बाँधेर सामग्री चोर्ने गरेका छन्। गत वर्ष से फोक्सुन्डो र दुई वर्षअघि घाघर गुम्बामा लामालाई यातना दिएर मूर्ति चोरिएको थियो। ती मूर्ति चोरेर कहाँ बेचिन्छ भन्ने पत्तो प्रहरीलाई पनि हुँदैन।

बौद्ध दर्शनका अध्यता तथा डोल्पो बुद्धकै स्थायी बासिन्दा डोल्पो टुल्कु रिन्पोछेले भने, ‘हिमाली जिल्लामा गुम्बाको सुरक्षा ठूलो चिन्ताको विषय बनेको छ। गुम्बाको सम्पत्ति भनेको राज्यकै सम्पत्ति हो। तर, यसमा प्रशासनले पर्याप्त चासो दिएको छैन।’ डोल्पामा आफूले बाल्यकालमा देखेका गुम्बामा भएको सम्पत्तिमध्ये ९० प्रतिशतभन्दा धेरै हराइसकेको रिन्पोछेले बताए। गुम्बाका सामग्री चोरी हुनबाट बचाउन गाउँलेलाई नै सुरक्षा तालिम दिएर सम्बन्धित ठाउँमा खटाउनुपर्ने उनको सुझाव छ।

‘राज्यले प्रहरी परिचालन गर्न नसक्ने हो भने एउटा गाउँका युवालाई तालिम दिएर अर्को गाउँको गुम्बा संरक्षणमा पठाउनुपर्छ। यसो गर्न सकियो भने बाँकी सामग्री संरक्षण गर्न सकिन्छ’, रिन्पोछेले भने। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले दर्जनभन्दा बढी व्यक्तिविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ।

हरेक वर्ष ५–६ वटासम्म मूर्ति चोरीका उजुरी आउने गरेको छ। उनका अनुसार डोल्पा जिल्लामा २६ वटा प्रहरी युनिट छ। तर, हिउँ पर्ने समयमा आधाभन्दा बढी युनिट बन्द हुन्छन्। अन्नपुर्णपोष्ट दैनिकबाट