२५ असार २०८३, बिहीबार
,
Latest
सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीयस्थल सिफारिश



अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समितिले दुई स्थानलाई पर्यटकीय तथा घरवास (होमस्टे) क्षेत्रका रुपमा विकसित गर्न प्रदेश नं ३ स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सिफारिश गरेको छ ।

मन्त्रालयबाट प्रस्ताव माग भएअनुसार जिल्लाको बनेपा नगरपालिका–१२ बासुकी थुम्कालाई पर्यटकीयस्थलका रुपमा विकसित गर्न तथा पनौती नगरपालिका–१२ मगरगाउँलाई पर्यटकीय घरवासका रूपमा विकसित गर्न सिफारिश गरिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए ।

उनका अनुसार मन्त्रालयले उपत्यकाबाहेकका १० जिल्लामा ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत नमूना पर्यटकीयस्थलका रुपमा विकसित गर्न प्रस्ताव माग गरेको हो । बासुकी थुम्कामा तीन ऐतिहासिक गुफा रहेका र उत्तरीतर्फका १४ हिमाल सजिलै नियाल्न सकिने जिसस प्रमुख केसीले जानकारी दिए ।

उनले पनौतीस्थित मगरगाउँ सुन्दर, मनोरम बस्ती भएकाले आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षाका साथ त्यसलाई घरवासका रूपमा विकसित गर्न सिफारिश गरिएको बताए । जिससले यही असोज १० गते अन्तरराष्ट्रिय पर्यटन दिवस पनि बासुकी थुम्काको भ्रमण गरी मनाउने कार्यक्रम बनाएको छ ।

जिल्लामा पर्यटकीयस्थलका रुपमा धुलिखेल, नगरकोट, पनौती, नमोबुद्ध, तेमाल परिचित छन् । नयाँ पर्यटकीय गन्तव्यस्थल निर्धारण गर्दा प्रदेश नं ३ का १७ स्थल सूचीकृत भएका थिए ।




भर्खरै