९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने
प्रधानमन्त्री बालेन्द्र शाह
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएकाले होटल व्यवसायीहरूले व्यक्त गर्दै आएको चिन्ता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन, साथै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने विषयमा अध्ययन गर्न हानलाई आग्रह गर्नुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको उपस्थितिमा भएको छलफलमा होटल संघ नेपालका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका थिए। हाल भने वार्षिक करिब १२ लाख पर्यटक मात्रै नेपाल भित्रिरहेको उल्लेख गर्दै उनीहरूले पर्यटक आगमन बढेमा रोजगारीका अवसर उल्लेखनीय रूपमा विस्तार हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन्।

हानले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) तथा क्रस–बोर्डर पर्यटनको ठूलो सम्भावना रहेको औंल्याउँदै सरकारसमक्ष विभिन्न नीतिगत सुधारका प्रस्ताव पनि पेश गरेको छ।

संघले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कन (आईईई) को सीमा ५० शय्यासम्म पुर्‍याउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याई नेपाल एयरलाइन्सको सेवा सुधार गर्न माग गरेको छ।

त्यसैगरी, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगबापतको रोयल्टी शुल्कमा रहेको पाँच प्रतिशतको सीमा संशोधन गरी आपसी सहमतिका आधारमा निर्धारण गर्न सकिने व्यवस्था गर्न, होटल व्यवसायसँग सम्बन्धित कानुन पुनरावलोकन गर्न तथा डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन पनि संघले सरकारसँग आग्रह गरेको छ।

आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि फोटो र भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ अवधारणामा आधारित प्रचार सामग्री र विशेषज्ञ जनशक्तिको व्यवस्था गर्नुपर्ने सुझाव पनि व्यवसायीहरूले दिएका छन्।

छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी हुनुहुन्थ्यो।