२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान



अ+ अ-

काठमाडौं ।  नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै विज्ञापन डबोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी साउन ८ गते (शुक्रबार) कार्यालय समयभित्र दरखास्त पेस गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम, आवेदनसँग संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न मन्त्रालयले अनुरोध गरेको छ।