१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने

सभामुखसँग रास्वपा सांसद सिंहको आग्रहः मुलुकलाई जोगाउन सबै दललाई एकजुट गराउन पहल गरियोस्

सभामुखसँग रास्वपा सांसद सिंहको आग्रहः मुलुकलाई जोगाउन सबै दललाई एकजुट गराउन पहल गरियोस्
अ अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सबै राजनीतिक दलहरुलाई एकजुट बनाउने काममा लाग्न सरकारलाई आग्रह गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मुलुक संकटमा रहेकाले त्यसलाई बचाउनका लागि सबै राजनीतिक दलहरुलाई एकजुट बनाउने काममा लाग्नुपर्ने भन्दै सरकार र सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनुभएको हो ।  सांसद सिंहले राष्ट्रिय मुद्दा तय गरेर मुलुकलाई संकटबाट जोगाउन पनि सबै राजनीतिक दलहरुलाई एकजुट बनाउनुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुबीचको घोचपेचमा मुलुकमा विद्यमान संकट समाधान नहुने पनि बताउनु भयो । सांसद सिंहले सबै पेशा, व्यवसायमा रहेका नागरिकहरु संकटको चपेटामा रहेकाले त्यसबाट पार लगाउन पनि सबै राजनीतिक दलहरुले राष्ट्रिय मुद्धा तय गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।

सांसद सिंहले मुलुकको संविधान र लोकतन्त्रको रक्षाका लागि पनि सरकारले नागरिकमा रहेको निराशा हटाउन पनि पहल गर्नुपर्ने बताउनु भयो ।