१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ

मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण

मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

पर्यटन विभागको सहयोगमा अन्नपूर्ण-१ र रघुगङ्गा-७ का वडा कार्यालयको समन्वयमा पदमार्गको पहिचान भएको हो ।

विज्ञान, प्रविधि तथा नवप्रर्द्धनमन्त्री महाविर पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रतिनिधि चित्र तिलिजा पुनले पोखरालाई केन्द्र मानेर दोवा, सोवाङधुरी हुँदै चिमखोला भएर पुन पोखरा फर्कन छ दिनको पदमार्गको पहिचान र सम्भायता अध्ययन गरिएको जानकारी दिनुभयो ।

“पदमार्गको अहिलेको अवस्था र पर्यटक भित्र्याउनका लागि आवश्यक पूर्वाधारको विषयमा स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन पर्यटन विभागमा बुझाएका छौँ”, उहाँले भन्नुभयो, “धवलागिरि गाउँपालिकाको मुदीबाट गुर्जा हुँदै ढोरपाटन जोड्ने नयाँ पदमार्गको पनि सम्भाव्यता अध्ययन भएको छ ।”

परापुर्व कालमा गोठालाले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्ग बनाउन लागिएको दोवाका विकास पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका र मणिबराह युवा क्लबको साझेदारीमा यस वर्ष दोवाबाट पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा चार किलोमिटर ६०० मिटर पदमार्ग निर्माण भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस आयोजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको छ भने स्थानीयले रु एक लाख २४ हजार बराबरको श्रमदान गरेका छन् ।

दुई वर्षअघि चिमखोलाका तारा गर्बुजाको पहलमा चिमखोलाबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेर प्रवर्द्धन थालिएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङधुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता रहेको गर्बुजाले बताउनुभयो ।

सुर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।

बेनी-जोमसोम सडक निर्माणपछि १६ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुबाट सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्ग नजिकका बस्तिबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।  रासस