९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन् विजेता

नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन् विजेता
अ अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता बनेकी छिन्। सात प्रदेशबाट एकएक जना गरी ७ जना विजेता छनोट गरिएको हो ।

राउत त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर गरिरहेकी छिन्। उनी विगत एक दशकदेखि योगमा आबद्ध भएर योग प्रशिक्षकको रुपमा समेत काम गर्दै आएकी छिन् ।
उनले दक्षिण एसियाली स्तरमा योगसँग सम्बन्धित विभिन्न प्रतियोगितामा सहभागी भई स्वर्ण पदक समेत प्राप्त गरेकी छिन् ।

राउतले सन् २०२३ मा आयोजित तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी थिइन् । त्यसपछि सन् २०२४ मा सम्पन्न प्रथम भारत नेपाल योगासन खेलकुद च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइन ।

राष्ट्रिय योग खेलकुद च्याम्पियनसिप २०२४ मा पनि उनले स्वर्ण पदक जितिन्। उत्कृष्ट प्रदर्शनका आधारमा सोही प्रतियोगितामा उनलाई ‘ मिसयोगी २०८० ‘ उपाधि समेत प्रदान गरिएको थियो।

उनले सन् २०२५ मा आयोजित १६औं विश्वकप अर्थात् विश्व योगासन खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यसैगरी सातौ राष्ट्रिय योगासन प्रतियोगिता २०८२ मा पुनः स्वर्ण पदक जितेकी थिइन।

ट्रेकिङ गाइड समेत रहेकी राउत विभिन्न हिमाली क्षेत्रमा योग ट्रेकिङ गराउँदै आएकी छिन् । उनले २०२४ मा नेपाल माउन्टेन एकेडेमिबाट ट्रेकिङ गाइडको तालिम लिएकी थिइन् ।

राउतले विदेशीहरुलाई योग ट्रेकिङ गराउँदै नेपालको पर्यटन र वेलनेसमा टेवा पुर्‍याउदै आएकी छिन् । विदेशी र नेपालीहरूलाई अनलाइन र फिजिकल योग, साउन्ड हिलिङ सिकाउँदै र पर्यटकलाई नेपाल घुमाउँदै आएकी छिन् ।

राउतको भिडियोमा आवाज दिएर गरिमा काफ्लेले ,भिडियो
खिचेर अर्जुन भुसाल र सुमन आचार्यले सहयोग गरेका थिए भने भिडियो सम्पादनमा मदन कार्की , अर्जुन भुसाल र मिडिया फोकस प्रा. लिमिटेड टिमले गरेको थियो।

प्रतियोगिताअन्तर्गत मधेशबाट सुमित्रा आचार्य, बागमतीबाट एरिक नकर्मी, गण्डकीबाट रोशन ढकाल, लुम्बिनीबाट भास्कर महर्जन, कर्णालीबाट सन्तोष बुढा र सुदूरपश्चिमबाट हिमालय भट्ट विजेता घोषित भएका छन्। प्रत्येक विजेताले नगद ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी, जुरी अवार्डतर्फ आशा पौडेल छनोट भएकी छन्। उनले नगद २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्।

प्रतियोगितामा रञ्जीत श्रेष्ठ, कैलाश कार्की, ‘घुमन्ते बुढाबुढी’, किरण अधिकारी र आश्रितलाई ‘स्पेसल मेन्सन’ सम्मान प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार प्रतियोगितामा नेपालभरका १११ जना सिर्जनाकर्ताले सहभागिता जनाएका थिए। सहभागीहरूले हिमालयको प्राकृतिक सौन्दर्य, योग, ध्यान, साउण्ड हिलिङ, आयुर्वेद, आध्यात्मिक पर्यटन तथा प्रकृतिमा आधारित उपचार प्रणालीलाई समेट्दै वेलनेस पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका रील तयार गरेका थिए।

प्रतियोगिताका प्रविष्टिको मूल्याङ्कन चलचित्र निर्देशक मिनबहादुर भाम र वेलनेस विज्ञ शोभिता सिम्खडाले गरेका थिए।

बोर्डले प्रतियोगिताले नेपालको मौलिक वेलनेस परम्परा र सचेत जीवनशैलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुर्‍याएको विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ।