२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने



अ+ अ-

काठमाडाैँ । मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको र जुनसुकै बेला थप बिग्रन सक्ने वीर अस्पतालले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको स्वास्थ्य अवस्था अझै अस्थिर रहेकाले तत्काल सुधार हुने अवस्था नरहेको जानकारी दिएको हो।

अस्पतालका अनुसार अनुहारमा आगलागीका कारण गम्भीर जलन हुनुका साथै श्वासप्रश्वास प्रणालीमा समेत असर पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको छ। उपचारमा संलग्न चिकित्सकहरूले बिरामीलाई बचाउन निरन्तर प्रयास भइरहेको बताएका छन्।

हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली खटिएको छ।

अस्पतालका अनुसार थप उपचारका लागि नेपालीलाई भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको थियो। तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण हाललाई उनलाई विदेश लैजान सम्भव नभएको जनाएको छ।