३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ)

मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ)
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताबीच पनि नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख अवस्थामा रहेको जनाएको छ। प्रतिवेदनअनुसार मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा बलियो बनेको तथा बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेकाले वित्तीय क्षेत्र थप सहज बन्दै गएको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ, जुन तोकिएको ५ प्रतिशतको सीमाभन्दा निकै कम हो। यस्तै, विदेशी विनिमय सञ्चिति १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ, जसले बाह्य क्षेत्रको अवस्था सुदृढ रहेको संकेत गरेको छ।

समीक्षा प्रतिवेदनले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेकाले निक्षेप तथा कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको जनाएको छ। यसले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको राष्ट्र बैंकको निष्कर्ष छ।

अर्थतन्त्रलाई थप चलायमान बनाउन राष्ट्र बैंकले चालु वर्षमा विभिन्न नीतिगत सहजीकरणसमेत गरेको जनाएको छ। त्यसअनुसार व्यक्तिगत आवास कर्जाको अधिकतम सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइएको, व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गरिएको तथा सेयर धितोमा एकल ग्राहकले लिन सक्ने कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ बनाइएको छ।

यस्तै, साना तथा मझौला व्यवसायलाई डिजिटल माध्यमबाट कर्जा प्रवाह सहज बनाउन डिजिटल लेन्डिङसम्बन्धी व्यवस्था संशोधन गरिएको, कृषि तथा लघु उद्यममा कर्जा पहुँच विस्तार गर्ने नीति कार्यान्वयनमा ल्याइएको र बैंक तथा वित्तीय संस्थाको वर्गीकरण तथा नियामकीय व्यवस्थामा पनि सुधारका काम अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकले समीक्षा अवधिमा बाह्य क्षेत्र सुदृढ, मूल्यवृद्धि नियन्त्रणमा र बैंकिङ प्रणाली स्थिर रहे पनि विश्वव्यापी राजनीतिक तनाव, अन्तर्राष्ट्रिय व्यापारमा देखिएको अनिश्चितता तथा आन्तरिक लगानी विस्तारको सुस्त गतिलाई आगामी दिनका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।