१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

लुम्बो हिमशिखरको पहिचान

लुम्बो हिमशिखरको पहिचान
अ अ+ अ-

गोरखा। गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ ।

नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो ।

जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास गणेश हिमालकै श्रृङ्खलामा पर्ने छ हजार २५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तरराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिनुभयो ।

हिमालय समिट क्लबद्वारा आयोजित उक्त टोलीका चार पर्वतारोहीले धेरै दिनको अन्वेषण र प्राविधिक आरोहणपछि हिमालको दक्षिण–पश्चिम मोहडाबाट बाटो बनाउँदै असार ८ गते शिखरमा पुग्न सफल भएका हुन् ।

आरोहण टोलीमा अन्तरराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक गोरखा लाप्राकका तुलसिंह गुरुङ, सुजल गुरुङ र आशबहादुर गुरुङ तथा अमेरिकी पर्वतारोही एरिक म्याथ्यु सु रहेका थिए ।

मनास्लु संरक्षण क्षेत्रको उत्तरी छेउ र गणेश हिमाल शृङ्खलाको दक्षिणमा पर्ने धार्चे गाउँपालिकामा अवस्थित लुम्बो हिमालको त्यो पहिलो प्रमाणित आरोहण हो। लुम्बो हिमाल कुनै बस्ती, चिया पसल वा स्थापित पदयात्रा मार्ग नभएको एक दुर्गम उपत्यकामा अवस्थित छ ।

टोलीले चार हजार १५० मिटरमा आधार शिविर र पाँच हजार ४९ मिटरमा उच्च शिविर स्थापना गर्नुअघि मनास्लु पदमार्गबाट चार दिनको पैदल बाटो हिँड्दै सो अभियानको यात्रा तय गरेको स्थानीय वीसबहादुर गुरुङले जानकारी दिनुभयो ।

पथप्रदर्शक तुलसिंह गुरुङका अनुसार टोलीले हिउँ, चट्टान र बरफको अवस्थाको मूल्याङ्कन गरेपछि दक्षिण–पश्चिम मोहडाबाट आरोहण गर्ने निर्णय गरेको थियो ।

करिब २० घण्टा लगाएर आरोहण गरेको आरोही मध्यका एक सुजल गुरुङले बताउनुभयो ।

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि छ हजार मिटर अग्लो हिमाल आरोहणको अनुभव अनिवार्य व्यवस्था गरिएको छ। मनास्लु आरोहण गर्नुअघि धेरैजनाले त्यो हिमाल आरोहण गर्न सक्ने सम्भावना धेरै रहेको आरोही बताउँछन् । रासस