१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
अ अ+ अ-

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ ।

उक्त सामुदायिक वनमा करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो। डिभिजन वन कार्यालय तनहुँको समन्वय तथा मालागिरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सुरु गरिएको अभियानले वन संरक्षणसँगै धार्मिक, पर्यावरणीय तथा आर्थिक महत्त्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सगरमाथा वृक्षरोपण महाअभियानको अवसर पारेर उक्त ठाउँमा रुद्राक्ष रोपण गरिएको कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

उहाँले सम्भवतः गण्डकी प्रदेशमै पहिलो पटक ठूलो सङ्ख्यामा रुद्राक्ष रोपण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रुद्राक्षका बिरुवा स्थानीय हावापानीअनुसार हुर्काउन सकिने भएकाले यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइनेछ। “रुद्राक्ष धार्मिक आस्थासँग जोडिएको बहुमूल्य वनस्पति हो ।

यसको संरक्षण, विस्तार र व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो”, रानाभाटले भन्नुभयो ।

सामुदायिक वनमा एक हजार सात सय वटा खाडल खन्ने कार्य जेठ महिनाभित्र सम्पन्न गरिएको मालागिरी सामुदायिक वन उपभोक्ता समूहका सचिव सिद्ध खाँडले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक वनमा आबद्ध ८३ घरधुरीका सबै उपभोक्ताको प्रयासमा खाडल खन्ने कार्य गरिएको थियो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपण अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले वन संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्थानीय नागरिकको आर्थिक समृद्धिमा यस अभियानले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “मालागिरी सामुदायिक वनलाई केवल हरियाली संरक्षणमा सीमित नराखी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ”, पण्डितले भन्नुभयो ।

उहाँका अनुसार नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै वन क्षेत्रको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय बासिन्दाको आयआर्जन वृद्धि हुने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।

रुद्राक्ष उत्पादनलाई भविष्यमा व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीयलाई रोजगारी सिर्जना हुनुका साथै नगरको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।