९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल



अ+ अ-

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख वामपन्थी शक्तिहरूबीच चुनावअघि नै कार्यगत एकता भएको भए प्रतिनिधिसभामा करिब १०० सिट जित्न सकिने दाबी गरेका छन्। उनले वाम आन्दोलनले पछिल्लो निर्वाचनमा व्यहोरेको पराजयलाई विभाजनको परिणाम भन्दै त्यसबाट गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

आइतबार आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खनालले एमाले र नेकपाले अलग–अलग प्रतिस्पर्धा गर्दा ठूलो क्षति बेहोर्नुपरेको बताए। उनका अनुसार दुई दलले प्रत्यक्षतर्फ जितेका सिट मात्र जोड्दा ४२ पुग्ने र आपसी प्रतिस्पर्धाका कारण गुमेका ३२ सिटसमेत जोगाउन सके कुल ७४ सिट पुग्ने अवस्था थियो।

खनालले त्यसमा वाम एकताको सकारात्मक प्रभाव थपिँदा परिणाम अझ अनुकूल बन्ने दाबी गर्दै करिब १०० सिट वामपन्थीको पक्षमा आउन सक्ने आकलन प्रस्तुत गरे।

उनले वाम शक्तिहरूले इतिहास र जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गर्दै अब विगतका कमजोरीको समीक्षा गरेर पुनः एकताबद्ध हुनुपर्ने धारणा राखे।

सम्बोधनका क्रममा खनालले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै वाम एकता भएको भए अहिलेको सत्ता समीकरण नै फरक हुने र अहिले देखिएको नेतृत्व शैली समेत नदेखिने टिप्पणी गरे। उनले प्रधानमन्त्री बालेन शाहको नेतृत्वलाई लक्षित गर्दै ‘तानाशाही शैली’को आरोपसमेत लगाए।

खनालले आगामी दिनमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकतालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि जोड दिए।




भर्खरै