९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

महाधिवेशनमा कांग्रेसको आलटाल

महाधिवेशनमा कांग्रेसको आलटाल
अ अ+ अ-

पहिलेको निर्णयः पुसबाट १४औँ महाधिवेशनको प्रक्रिया थाल्छौँ
अहिलेको अवस्थाः स्थानीय तहका सदस्यको अभिलेख केन्द्रमा छैन

१७ साउनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले मंसिर मसान्तपछि १४औँ महाधिवेशन कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बैठकले ‘अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशनअघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य ०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ’ भन्दै ‘त्यसपश्चात् बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ’ भनेको थियो ।

तर, पुस लागेलगत्तै १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ढिलाइ हुने संकेत देखिएको छ । मंसिरसम्म विधानअनुसारका प्रदेश समिति, प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहसम्मकै समिति गठन गर्ने र सदस्यता टुंग्याएर महाधिवेशन सुरु गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर, भदौ २० सम्म प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय समितिको समायोजन गरिसक्ने भनिए पनि अझै पूर्ण भएको छैन ।

कतिसम्म भने समायोजन भइसकेका समितिहरूको एकमुष्ट रेकर्डसमेत केन्द्रीय कार्यालयमा आइनसकेको कार्यालयका एक कर्मचारीले बताए । ‘समायोजन भइसकेका ठाउँको विवरण पठाउन हामीले ताकेता गरिरहेका छौँ, तर आएको छैन,’ ती कर्मचारीले भने । तिहार, छठजस्ता चाडपर्वको व्यस्तताले गर्दा स्थानीय तहका समितिहरू समायोजन हुन पनि समय लाग्ने देखिएको छ । कात्तिक मसान्तसम्म स्थानीय तह र वडा समिति समायोजन गर्ने तालिका भए पनि चाडपर्वले बिथोलिने देखिएको छ ।

यसको असर सदस्यता नवीकरण र वितरणमा पर्ने देखिन्छ । यस्तो हुँदा कांग्रेसमा यसअघि प्रतिबद्धता भए पनि १४औँ महाधिवेशनका कार्यक्रम पुस लागेलगत्तै सुरु नहुने परिस्थिति कांग्रेसमा देखिएको हो । १६५ प्रतिनिधिसभा क्षेत्रमा अझै एक सय ४० क्षेत्रीय समिति पनि समायोजन भइसकेका छैनन् । प्रदेश नम्बर २ मा समायोजन धेरै बाँकी छ । तीन सय ३० प्रदेश सभा क्षेत्रको समायोजन अनुपात पनि यस्तै रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

भदौ २० सम्मै गरिसक्नुपर्ने काम अझै सकिएका छैनन् । यी सबै सकिएर अब स्थानीय तहमातहतका नगरपालिका, गाउँपालिका र वडा समितिको समायोजन कात्तिक मसान्तसम्म गरिसक्न झन् समस्या देखिन्छ । त्यसपछि कांग्रेसमा सदस्यताको विषयले सधैँजस्तो विवाद सिर्जना गर्ने प्रस्टै छ ।

सदस्यमा सबैभन्दा बढी लफडा
कांग्रेसमा महाधिवेशनसम्मै पकड जमाउने दाउ नेताहरूमा हुन्छ । गुट र उपगुटले थिलथिलो भएको कांग्रेसमा आफ्नो पकड बनाउन आफूअनुकूलका कार्यकर्तालाई सदस्य बनाउँदै महाधिवेशन प्रतिनिधिसम्म बनाउन स्वार्थ नेताहरूमा सधैँ देखिँदै आएको छ । यस्तोमा सदस्यताको अद्यावधिकका साथै क्रियाशील सदस्यता वितरणमा सधैँजस्तो विवाद हुने पक्का छ । यी सबैको असरले गर्दा मंसिरभित्र सदस्यताको विषय पनि टुंगो लाग्ने देखिँदैन ।

यस्तो हुँदा पुसलगत्तै महाधिवेशनको कार्यतालिका ल्याउने महाधिवेशनतर्फ उन्मुख हुन कांग्रेसलाई अप्ठ्यारो पर्ने देखिन्छ । सदस्यताको विषय एक महिनामा होइन ६ महिना वा एक वर्षसम्म पनि विवादित बनेको कांग्रेसको इतिहास छ ।

अझै गठन गर्न बाँकी संरचना

प्रतिनिधिसभा प्रदेश सभा
स्थानीय तहका समिति
प्रदेश समिति

प्रतिबद्धताअनुरूप नै काम गर्छौँ: डा. प्रकाशशरण महत सहमहामन्त्री पार्टीमा पछिल्लोसमय राजनीतिक गतिविधि बढेका छन् । तत्कालीन फोरमसँगको समायोजनको काम सकिँदै गएको छ । विधानअनुसारका प्रतिनिधिसभा र प्रदेश सभाका समिति समायोजन भइरहेका छन् । अब स्थानीय तहका समितिहरू समायोजन भएर सदस्यताको विषयलाई टुंगोमा पु¥याउँछौँ । यसअघि प्रतिबद्धता भएको भन्दा पछाडि महाधिवेशनको तालिका ल्याउने पक्षमा हामी छैनौँ । प्रतिबद्धताअनुरूप नै काम अघि बढ्छ । मंसिरसम्म सदस्यताको टुंगो लगाएपछि १४औँ महाधिवेशनको कार्यतालिका ल्याउनेबारे पार्टीले छलफल गर्छ ।

देउवाले साढे पाँच वर्ष लगाउने संकेत
गुरु घिमिरे केन्द्रीय सदस्य
१४औँ महाधिवेशनको आधार तय गर्नुअघि हामीले गर्न बाँकी काम धेरै छन् । प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय समितिको समायोजन सकिइसकेको छैन । त्यसपछि स्थानीय तहको वडासम्म पुगेर समायोजन गर्नुपर्नेछ । साथै, प्रदेशको अधिवेशन पनि गर्नुपर्नेछ । यस्तो समयमा काम हुन सकिरहेको छैन । गत साउनमा तय भएको तालिकाअनुसार कामअघि बढ्ने छाँटकाँट नै छैन । दसैँतिहार र छठको समयमा पार्टीका गतिविधि हुँदैनन् । सभापति शेरबहादुर देउवाको कार्यकाल चार वर्ष, एक वर्ष र अर्को थप ६ महिनासम्म धकेलिने देखिन्छ ।

यसरी निम्तिँदै छ जटिलता
प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्रीय समिति गठनको भाका एक महिना नाघ्यो, तर अझै गठन भइसकेका छैनन् । यही विवादले कात्तिक मसान्तसम्म स्थानीय तहको समायोजन सकिने देखिँदैन । त्यसपछि बल्ल सदस्यताको विषयमा प्रवेश गर्ने र मंसिरमा टुंग्याउने भनिए पनि महाधिवेशनमा पकड जमाउन सदस्यता वितरणमा नेताको स्वार्थ हाबी हुने हुँदा १४औँ प्रभावित हुने देखिन्छ । नयाँ पत्रिका दैनिकबाट