• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…



काठमाडौं । एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा एक पुरुषले गालामा चुम्बन गरिदिए । यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिहकी थिइन् ।

त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आएर गालामा किस गरेर हिँडे । रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तर राखिन् ।

अन्ततः चुम्बन गर्ने ती व्यक्तिको पहिचान भएको छ । साथै अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् ।

तर ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् । तर त्यो रमाइलोका लागि गरिएको पनि उनको भनाइ छ । यदी यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ ।

साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । यसअघि रुसमा भएको विश्वकप खेलको क्रममा पनि दर्जन बढी महिला पत्रकारमाथि यस्तै प्रकृतिका शोषण भएका थिए ।