१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?

नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल

नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल
file photo
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गर्नुभएको छ ।

सोमवार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताउनुभएको हो ।

उहाँले विदेशबाट स्वदेश फर्किएका नेपालीहरुले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले म्यानपावर व्यवसायीहरुलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्न म्यानपावर व्यवसयायीको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उहाँले सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर नभएको बताउनु भयो । उहाँले नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण म्याननपावर व्यवसायीहरुले नै बनाउनु भएको भन्दै मेनपावर व्यवसायीहरुप्रति आफ्नो कुनै गुनासो र रिस नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने पनि नेपाली नागरिक नै भएकाले व्यवसायी र सरकार मिलेर गठी रोक्ने काम गर्न आग्रह गरेको छु । भिजिट भिसामा गएका नेपालीहरु नेपाली व्यवसायीहरुको संलग्नता देखिन्छ । वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्ने विषयमा मेनपावर व्यवसयायी कै संलग्नतामा व्यक्तिगत बनाइएको छ । तथ्याङ्कले प्रणाणित गरेको छ । भिजिट भिसा र व्यक्तिगत श्रमस्वीकृत व्यवसायीहरुले गराउने काम बन्द गर्नुस् । सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना हो । मन्त्रालयमा गएर स्र्टन गरेर मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर छैन । नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरुले नै बनाउनु भएको हो । मेनपावर व्यवसायीहरु प्रति मेरो कुनै गुनासो र रिस राग छैन । मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ । यो कुरामा दुई मत छैन । मुलुकका राजनीतिक नेताहरुले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन । वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर हो । यो विषयमा सरकार चुप लागेर बस्न सक्दैन । सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ कारोबार भएको छ । त्यसलाई बैंकिङ कारोबारमा ल्याउने गरी नीतिमा काम गरिरहेका छौं ।’

उहाँले वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर रुपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताउनु भयो । उहाँले सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको बताउनु भयो ।