८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…



अ+ अ-

काठमाडौं । एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा एक पुरुषले गालामा चुम्बन गरिदिए । यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिहकी थिइन् ।

त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आएर गालामा किस गरेर हिँडे । रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तर राखिन् ।

अन्ततः चुम्बन गर्ने ती व्यक्तिको पहिचान भएको छ । साथै अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् ।

तर ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् । तर त्यो रमाइलोका लागि गरिएको पनि उनको भनाइ छ । यदी यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ ।

साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । यसअघि रुसमा भएको विश्वकप खेलको क्रममा पनि दर्जन बढी महिला पत्रकारमाथि यस्तै प्रकृतिका शोषण भएका थिए ।