९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

सरकारको खोप कार्यक्रम: ४६ लाख ३७ हजार २२ डोज खेरै गयो

सरकारको खोप कार्यक्रम: ४६ लाख ३७ हजार २२ डोज खेरै गयो
अ अ+ अ-

काठमाडौं । वालवालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर गएको पाइएको छ । पछिल्लो एक वर्षमा ४६ लाख ३७ हजार २२ मात्रा(डोज) खेर गएको देखिएको छ । जसकारण सरकारले करोडौं रुपैंया घाटा व्यहोर्नुपरेको छ । खोपको डोज खोलिसके पश्चात् निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण खेर जाने दर बढेको पाइएको छ ।

जसअन्तर्गत बी.सी.जी. खोप १९ लाख पाँच हजार पाँच सय १६ डोज, डि.पी.टि. चार लाख ३१ हजार सात सय २४ डोज, दादुरा रुवेला आठ लाख ७७ हजार पाँच सय ८२ डोज, पोलीयो ओ.पी.भि. चार लाख ५५ हजार ६ सय १८, जे.ई. तिन लाख ८९ हजार तिन सय ५९ डोज, टि.डी. तिन लाख ८९ हजार तिन सय ४३ डोज, पि.सी.भि. एक लाख ८७ हजार आठ सय ८० डोज खेर गएको देखिएको छ । स्वास्थ्य सेवा विभागले निःशुल्क रुपमा बालबालिकालाई उपलब्ध गराउँदै आएको खोप खेर गएपनि प्रभावकारी अनुगमन हुन सकेको छैन ।

वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा अत्यधिक खेर गएको भएपनि सरकारले त्यसको उचित प्रयोग गर्न नसकेको पाइएको छ । खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजानेगरी प्रयोगमा ल्याउन सरोकारवालाले सुझाव दिएका छन् ।

–वि.सि.जी खोप १९ लाख मात्रा खेर
–२२ प्रतिशत बालबालिकाले अझै पाएनन् पूर्ण खोप
–डोज अनुसार उपयोग भएन
–खोपयोग्य बालबालिका ६ लाख ३० हजार

अझै स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २२ प्रतिशत बालबालिकाले अझै पूर्ण खोप पाउन सकेका छैनन् । स्वास्थ्य सेवा विभागका अनुसार खोप योग्य बालबालिकाको संख्या ६ लाख ३० हजार रहेको छ । विभागका अनुसार खोप लीन योग्य वालवालिकामध्ये एक प्रतिशत वालवालिकाले खोपनै पाएका छैनन् । विभाग अन्तर्गत् परिवार कल्याण महाशाखाका वाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार १६ हजार पाँच सय खोप केन्द्रबाट खोप लगाइँदै आएको छ ।

उनले भने, ‘खोप खेर जान नदिन खोप केन्द्र र भण्डारण केन्द्र विस्तार गर्ने योजना बनाएका छौं । यसैगरी, खोप योग्य वालवालिकाको पहुँच बढाउन र खोप खेर जान नदिन सुक्ष्म योजना बनाएका छौं । ’ परिवार कल्याण महाशाखाले खोप खेर जान नदिन बालबालीकालाई खोज्ने र खोप दिने समेत योजना बनाएको छ ।

किन खेर जान्छ खोप ? एक भाईलमा वि.सी.जि. को २० मात्रा हुन्छ । त्यस्तै, दादुराको १० मात्रा हुन्छ । कुनै खोप केन्द्रमा सो दिन चार जनासम्म वालवालिका आए भने, बाँकी सबै मात्रा खेर जान्छ । एक खोप केन्द्रमा लगाउने भनेर खोलिएको खोप अन्यत्र केन्द्रमा लैजान नपाउने व्यवस्था छ । कुनै भ्याक्सीन खोलेको ६ घण्टाभित्र प्रयोग गर्न मिल्ने हुन्छ सो अवधिमा बच्चा नआए भ्याक्सीन नष्ट गर्नुपर्ने शाखाका प्रमुख डा.गौतमले बताए ।

वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा बढी खेर गएको स्थितिले मितव्ययी र कुशल रुपमा कार्यक्रम सञ्चालन नभएको अवस्था छ । खोपको डोज खोलिसके पश्चात्निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण यसको दर बढी भएको स्वास्थ्य संस्थाले उल्लेख गरेका छन् । खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजानेगरी प्रयोग गर्नुपर्ने अध्ययन प्रतिवेदनहरुले देखाएका छन् ।

हिजो र आज २७ लाख बालबालिकालाई भिटामीन ए र जुकाको औषधि खुवाइदैं हिजो शनिवार र आज आइतवार गरी दुई दिन पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम देशभर सञ्चालन हुँदैछ । पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम जारी छ । त्यसका लागि ५२ हजारभन्दा बढी स्वयंसेविका खटिएका छन् । २७ लाख बालबालिकालाई भिटामीन ए र जुकाको औषधि खुवाउने सरकारले लक्ष्य राखेको छ ।

साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लागू भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘एमयुएसी’ टेपबाट पोषण स्थिति लेखाजोखा एवं ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट