९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

आलमको बचाउमा वक्तव्य दिएर आलोचित बनेका सभापति देउवाले अब भने अनुसन्धानको विपक्षमा नउभिने बताए

आलमको बचाउमा वक्तव्य दिएर आलोचित बनेका सभापति देउवाले अब भने अनुसन्धानको विपक्षमा नउभिने बताए
अ अ+ अ-

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको बचाउमा वक्तव्य दिएर आलोचित बनेका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस अनुसन्धानको विपक्षमा नउभिने स्पष्ट पारेका छन् । अघिल्लो दिन शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता आलम पक्राउ बारेमा बोल्दै वर्तमान सरकारले कांग्रेसका नेताहरूलाई खोजीखोजी झूटो मुद्दा लगाउन थालेको भन्दै विरोध गरेका थिए ।

उनले १२ वर्षअघिको मुद्दालाई लिएर आलममाथि सरकारले अहिले झूटो मुद्दा लगायो भन्दै यतिका वर्ष सरकार के हेरेर बसेको थियो भन्दै प्रश्न गरेका थिए । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका निर्वाचित आफ्ना जनप्रतिनिधिलाई दिएको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आलमको बचाउमा अभिव्यक्ति दिएलगत्तै सभापति देउवाका साथै सिङ्गो कांग्रेसकै आलोचना भइरहेको छ।

जनस्तरबाट व्यापक आलोचना भएपछि सभापति देउवाले शनिबार सार्वजनिक वक्तव्य जारी गर्दै आफ्नो भनाइको आशय दोषीलाई निर्दोष भनेको नभई बाहिर सत्यतथ्य पत्ता लगाउने कुरामा जोड दिएको बताए । ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’, देउवाले भने– ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’ कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन भन्दै सभापति देउवाले मोहम्मद आफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग रहने बताए ।

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिकरूपले प्रस्ट्याउन चाहन्छु।’ –देउवाले भनेका छन् । १२ वर्षअघि भएको बमकाण्डका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर सामूहिक हत्या गरेको आरोपमा रौतहट–२ का सांसद आलम पक्राउ परेका छन्।
२०६४ सालको घटनालाई लिएर आलम पक्राउ परेलगत्तै कांग्रेसका प्रभावशाली अन्य नेताहरूले भने यो घटनाको अनुसन्धानमा कांग्रेसको पूर्ण सहयोग रहने भन्दै दोषी जो भए पनि कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका थिए। आलम घटनाबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ।’

आलम प्रकरणको अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो भन्दै कांग्रेस प्रवक्ता शर्माले भने– ‘स्थापनाकालदेखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न। यही नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो।’ त्यसै गरी पूर्वमन्त्री तथा कांग्रेस नेता गगनकुमार थापाले जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकाले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ भने। उनले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानबिनका लागि सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउँदै उनले भने– ‘यही हो कांग्रेसको धारणा, बाँकी सबै व्यक्तिगत धारणा हुन्।’ नेपाल समाचारपत्र दैनिकबाट