९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

महाकाली ब्यारेजका ढोकामा ताल्चा लाग्दा घाटमा खरानी बगाउन पनि पानीको अभाव

महाकाली ब्यारेजका ढोकामा ताल्चा लाग्दा घाटमा खरानी बगाउन पनि पानीको अभाव
अ अ+ अ-

कञ्चनपुर । नेपाल–भारतको सीमामा बग्ने महाकाली नदी दुवै देशको साझा नदी भनिए पनि शारदा ब्यारेजका १६ वटै ढोकामा ताल्चा लगाएर भारतले महाकालीको पूरै पानी भारततर्फ लैजाँदा श्मशानघाटमा लाश जलाएर खरानी बगाउनसमेत नेपालीले पानी पाउन सकेका छैनन् । नेपाल–भारतको सीमामा बग्ने महाकालीको पानी आधा–आधा गरिने भने पनि भारतले बर्खामा सबै ढोका खोलिदिँदा बाढी र हिउँद लागेपछि ब्यारेजका सबै ढोका थुनेर पानी लैजाँदा कञ्चनपुरमा खडेरी हुने गरेको छ ।

सञ्चारक्षेत्रमा काम गर्दै आइरहेको थर्डपोलले कञ्चनपुरमा आयोजना गरेको नेपाल–भारतका पत्रकारको संयुक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर सुशीला चन्द सिंहले महाकाली साझा नदी भनिए पनि शारदा ब्यारेजको चाबी भारतको हातमा हुँदा नेपालीले पानी नपाएको बताए । उपमेयर चन्दले भने, भारतले शारदा ब्यारेजका १६ वटै ढोका बर्खामा खोल्ने गरेको र हिउँदमा सबै ढोका थुनेर जम्मै पानी लैजाँदा नेपालतर्फ सिँचाइ हुँदैन । घाटमा लाश जलाएर खरानी पखाल्नसमेत पानी हुँदैन । कम्तिमा एउटा ढोका खोलिदिए पनि नेपालीलाई राहत हुन्थ्यो । के गर्ने ? ब्यारेजको चाबी भारतको हातमा छ ।

बर्खामा १६ वटै ढोका खोल्ने र हिउँदमा सबै ढोका बन्द हुने गरेका छन् । भीमदत्त नगरपालिका–११, भुजेलाघाटमा पाँच करोड रुपियाँको लागतमा निर्माण भइरहेको घाटमा खरानी कसरी बगाउने भन्ने चिन्ता रहेको उपमेयर चन्दले बताए । सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।

पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाको बीच भागबाट बग्ने महाकाली नदीको पानी शारदा ब्यारेजबाटै थुनिएर भारत जाँदा हिउँदमा यो क्षेत्रमा खडेरी हुने गरेको पीडा स्थानीयले सुनाएका छन् । कार्यक्रममा सहभागी भारतीय सञ्चारकर्मी र सामाजिक अभियन्ताले कञ्चनपुर क्षेत्रको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाका गाउँमा भ्रमणसमेत गरेका छन् ।

स्थलगत भ्रमणपछि यो मुद्दा गम्भीर भएकोले नेपाल सरकारले भारत सरकारसँग निर्णायक वार्ता गर्नुपर्ने भारतीय सञ्चारकर्मी र सामाजिक अभियन्ताले टिप्पणी गरेका छन् । लामो समयदेखि भारतको उत्तराखण्ड राज्यमा रहेर नेपाल–भारत संयुक्त मञ्च (ईण्डो नेपाल जोइन्ट फोरम)मा काम गर्दै आइरहनुभएका तेजसिंह भण्डारीले महाकालीको पानी कञ्चनपुरका नागरिकले सदुपयोग गर्न नपाएको विषयमा आफूलाई समेत दुःख लागेको बताए ।

भण्डारीले भने, महाकाली किनारमा बस्ने नेपाल–भारत दुवै देशका नागरिकले पानीको सदुपयोग गर्न दिने विषयमा दुवै देशका सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य हुनुपर्छ ।अक्सफामको सहयोगमा नेपाल र भारतमा महाकाली नदी तटीय क्षेत्रका समुदायले पानीको सदुपयोग गर्न महाकाली नदीको पानी सदुपयोग परियोजना (ट्रोसा) कार्यक्रम सञ्चालन गरेर दुवै देशका नागरिकलाई जागरुक गरिरहेको छ । अक्सफाम नेपाल र अक्सफाम भारतले महाकाली नदीको पानी सदुपयोग गर्न संयुक्त रूपमा दुवै देशमा कार्यक्रम सञ्चालन भइरहेको अक्सफाम नेपालका राजन सुवेदीले बताए ।

नेपाल–भारतका सञ्चारकर्मीको संयुक्त कार्यक्रममा पानीविज्ञ दीपक ज्ञवालीले महाकाली सन्धिका विषयमा नेपाल–भारत दुवै देशले नदी किनारमा बस्ने दुवै देशका नागरिकको समस्यालाई ध्यानमा राखेर सन्धिका विषयमा पुनः विमर्श गर्नुपर्ने बताए । पानी परियोजनाका नारायण वेलबासेले महाकाली नदीको संरक्षण र उपभोग स्थानीय स्तरका नागरिकका समस्यालाई प्राथमिकतामा राखेर पानीको सदुपयोग हुनुपर्ने बताए । गोरखापत्र दैनिकबाट