९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम 

एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम 
अ अ+ अ-

काठमाडौँ। सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसहरूको सहभागितामा विशेष ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँ उपत्यकाका मुख्य चोक तथा बढी सवारी चाप हुने क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गीता उड्डयन (एभिएसन) मा प्रशिक्षित एयर होस्टेसहरूको सहभागिता रहेको थियो । यात्रु सेवासँग सम्बन्धित पेसामा रहेका एयर होस्टेसहरूले सडक प्रयोगकर्ता नागरिकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गरेका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले यसको सुरक्षामा सबैको समान जिम्मेवारी रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक प्रयोग सबै नागरिकले गर्दछन् । यसमा आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । सडक नियमको पालना गर्नु सबैको दायित्व हो । कुनै व्यक्ति बिहान घरबाट निस्केर सुरक्षित रूपमा साझा घर फर्किने वातावरणको सिर्जना गर्नु ट्राफिक प्रहरीको मुख्य उद्देश्य हो ।”

उपत्यका ट्राफिक प्रहरीले पछिल्लो समय सडक दुर्घटना न्यूनीकरण, अनुशासित सवारी सञ्चालन तथा सुरक्षित यात्राका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सहकार्य गर्दै जनस्तरसम्म ट्राफिक चेतना पु¥याउने उद्देश्यले विभिन्न सचेतना कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गीता उड्डयनका प्रशिक्षित एयर होस्टेसहरूको सहभागितामा पद्मोदय मोड, नयाँ बानेश्वर, पुतलीसडक लगायतका प्रमुख स्थानमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका क्रममा सहभागीहरूले हातमा सचेतनामूलक प्लेकार्ड बोकेर चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए । ती प्लेकार्डमार्फत तीव्र गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदल यात्रुको सुरक्षालगायत विषयमा सन्देश दिइएको थियो ।

‘ट्राफिक नियम पालना गरौँ, दुर्घटना होइन सुरक्षित गन्तव्य रोजौँ’ भन्ने नाराका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकमहिने ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरबाही, तीव्र गति, नियम उल्लङ्घन र सडक अनुशासनको कमी देखिएकाले यस्ता समस्यालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको सन्देश प्रवाह गर्दै उक्त अभियानले नागरिकमा जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ । रासस