१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर



अ+ अ-

लस एन्जलस। विश्वकप फुटबलअन्तर्गत शनिबारका खेलहरूमा बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्नेछ । यी खेलहरूको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुङ्गो लाग्नेछ ।

समूह ‘ई’ अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकप खेलमा पहिलो पटक सहभागी भएको कुराकाओलार्ई ७–१ ले पराजित गरेको थियो । यदि जर्मनीले आइभरी कोस्टलाई पराजित गरी इक्वेडरले अर्को खेलमा जित निकाल्न असफल भएमा जर्मनी समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्नेछ ।

जर्मनीका प्रशिक्षकले आइभरी कोस्टको गति र एथलेटिक क्षमताप्रति विशेष सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । विशेषगरी, आइभरी कोस्टका ‘विङ्गर’ निकोलस पेपेप्रति ध्यान केन्द्रित गरिएको छ ।

यसै समूहमा आइभरी कोस्टले जर्मनीलाई हराएमा अर्को चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना रहेको छ ।

अर्को खेलमा स्विडेनले नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ । जित निकाले स्विडेनले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । स्विडेन हाल अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै प्रतियोगितामा अगाडि बढिरहेको छ ।

स्विडेनका प्रशिक्षक ग्राहम पोटरले ‘स्ट्राइकर’ अलेक्जेन्डर इसाक आगामी खेलहरूमा अझ प्रभावकारी हुँदै जाने बताउनुभएको छ । इसाकले हालसम्मको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र दुई गोलमा सहयोगी भूमिका निर्वाह गर्नुभएको छ ।

शनिबारकै अर्को ऐतिहासिक खेलमा जापानले ट्युनिसियासँग विश्वकपको एक हजारऔँ खेलका रूपमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि शुक्रबारका खेलहरूमा सह–आयोजक संयुक्त राज्य अमेरिकाले  अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । समूह ‘डी’ मा शीर्ष स्थान हासिल गरेसँगै अमेरिका नकआउट चरणमा सहज मार्गतर्फ अघि बढेको छ ।

त्यस्तै, ब्राजिलले हाइटीलाई ३–० ले हराउँदै समूह ‘सी’ मा आफ्नो स्थिति बलियो बनाएको छ भने मोरोक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

विश्वकपको समूह चरण रोमाञ्चक मोडमा पुगेको छ र आगामी खेलहरूले ‘नकआउट’ चरणका धेरै समीकरण स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।(रासस / एएफपी)