९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन

जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
अ अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताउनुभएको छ ।

शनिवार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ विसंगति र बेथितिका विरुद्ध लड्ने शक्तिको पक्षमा रहेको उल्लेख गर्नुभएको हो । उहाँले पछिल्लो निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतलाई पनि यसैको उदाहरणका रूपमा प्रश्तुत गर्नुभयो ।

देशमा अझै पनि गरिबी, शोषण, अन्याय र विभेदका खाडलहरू कायमै रहेको चर्चा गर्दै उहाँले राष्ट्रियताको मामिलामा समेत सरकारको भुमिकामाथि प्रश्न उठाउनु भयो । भारतसँगको सीमा विवादका विषयमा देशभक्त जनता सडकमा आउनुपर्ने र राष्ट्रका पक्षमा लड्नेहरू नै वर्तमान सरकारको विकल्प बन्नसक्ने उहाँको दाबी थियो । पछिल्लो समय युनियनहरू खारेज गर्ने तयारी भइरहेको प्रति असन्तुष्टि व्यक्त गर्दै नेता पुनले यसलाई अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक हकमाथिको प्रहारका रूपमा चित्रण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मान्छेले के बुझे भने यो नयाँ शक्ति शासन सत्ताका विरुद्ध लड्छ, त्यसैले उसलाई भोट दिए । नेपाली जनताले सधैँ लड्ने शक्तिलाई नै विश्वास गर्दा रहेछन् भन्ने यो एउटा स्पष्ट मनोविज्ञान हो । युनियन बनाउन पाउनु संवैधानिक अधिकार हो । यदि यस्ता अधिकार खोसिँदा पनि हामी चुपचाप बस्यौँ भने जनताले हामीलाई विश्वास गर्ने छैनन् । विगतमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा खुशी मनाउनेहरूले नै पछि उनलाई सडकबाटै विस्थापित गरेको इतिहास हामीले बिर्सनु हुँदैन । हिजो हामी सशस्त्र सङ्घर्ष र जनआन्दोलनबाट लडेर आएका हौँ । अब फेरि राष्ट्रियता, लोकतन्त्र र जनताको पक्षमा उभिएर समाजवादी क्रान्तिको आधार तयार पार्न हामी प्रतिवद्ध छौँ ।’

वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले संसदलाई बेवास्ता गर्ने र बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको आरोप लगाउनु भयो ।

सरकार गठन भएको १०० दिन नपुगेका कारण अहिले नै पूर्ण मूल्याङ्कन नगरे पनि राष्ट्रघात र जनघातका मामिलामा मौन बस्न नसकिने उहाँको स्पष्टोक्ति थियो । पार्टीको आगामी कार्यदिशाबारे बोल्दै नेता पुनले वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल