९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
अ अ+ अ-

चितवन। कृषि तथा वनविज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २,१९३  विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १,८३६ जना, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि  तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन् ।

रजिष्ट्रार प्राडा सिंहक अनुसार  पाँचौँ दीक्षान्त समारोहमा कृषि सङ्कायतर्फ कृषि स्नातक  मा १,३७२, स्नातकोत्तरमा २१२ र विद्यावारिधितर्फ १९ योग्य भएको जानकारी दिनुभयो । त्यस्तै, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसा÷पशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदैछन् ।

सोही सङ्कायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन् । वन विज्ञान सङ«काय (हेटौँडा)तर्फ वन विज्ञान स्नातक (बीएस्सी फरेष्ट्री) मा ३४८, स्नातकोत्तरमा ३० विद्यावारिधि तर्फ तीन जना विद्यार्थी यस पटक दीक्षित हुन योग्य भएका छन् ।

विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशुविज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको  तथ्याङ्कअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५,९०६ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् ।

मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पु¥याउँदै आएको रजिष्ट्रार सिंहले बताउनुभयो ।