१४ भाद्र २०८३, आईतवार
,
Latest
वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल



अ+ अ-

रुपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताउनुभएको छ ।

ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उहाँले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा  सत्यता नरहेको उहाँको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।

पौडेलले भन्नुभयो “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ ।  यसका लागि काठमाडौँ जान पर्दैन ।  ”

मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताउनुभयो । रासस