९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
अ अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो ।

सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत उखु र बेसारखेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बीउबिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ । “कृषि उत्पादन बढेमा किसानको आम्दानी स्वतः बढ्छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नवप्रवर्तन कार्यक्रममार्फत लगानी गरिरहेका छौँ ।”

गाउँपालिकाका कृषि प्राविधिक मनोज चापागाईँका अनुसार उखु र बेसारखेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ । उखुखेती गर्ने किसानलाई उन्नत जातको बीउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ । त्यस्तै उखुखेती हुने क्षेत्रमा सिँचाइको सुविधा विस्तार गर्न साना सिँचाइ आयोजनाअन्तर्गत डिप बोरिङ निर्माणसमेत गरिएको उहाँले बताउनुभयो ।

बेसारखेती गर्ने किसानका लागि भने बीउ, प्राङ्गारिक मल, सुरक्षा सामग्री तथा प्राविधिक परामर्श उपलब्ध गराउने गरिएको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत करिब रु एक करोड ५० लाख लगानी गरी उखु र बेसारखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बेसारखेती गर्ने आठ वटा कृषक समूहलाई ३० टन बेसारको बीउ उपलब्ध गराइएको छ ।

यस क्षेत्रमा बेसार उत्पादनको सम्भावना राम्रो रहेको, सिँचाइको आवश्यकता कम पर्ने तथा बजार व्यवस्थापन अपेक्षाकृत सहज भएकाले बेसारखेतीलाई विशेष प्राथमिकता दिइएको कृषि प्राविधिक चापागाईँले बताउनुभयो । उत्पादन बढेसँगै स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने विश्वास गाउँपालिकाको छ ।

उखु उत्पादनका लागि गाउँपालिकाको वडा नम्बर ६ र ७ उपयुक्त क्षेत्र भएकाले सोहीअनुसार कार्य गरिएको छ । बेसारखेतीका लागि वडा नम्बर १, २, ३ र ४ लाई विशेष प्राथमिकता दिएर काम गरिएको कृषि प्राविधिक चापागाईँले बताउनुभयो ।

कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्न गाउँपालिकाले कृषक समूहलाई ट्याक्टर, रोटाभेटर, कल्टीभेटर र ट्रलीलगायत कृषि उपकरण हस्तान्तरण गरेको छ । पचास प्रतिशत अनुदानमा दुई वटा कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको छ भने जैविक मल उत्पादन गरिरहेको विनयी सामुदायिक वनसँगको साझेदारीमा मल उत्पादन र ढुवानीलाई सहज बनाउन एउटा ट्याक्टरसहित आवश्यक सामग्री प्रदान गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आयमुखी बनाउने लक्ष्यका साथ आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने कृषि प्राविधिक चापागाईँले बताउनुभयो । स्थानीय किसानलाई उत्पादन वृद्धि, बजार पहुँच र कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने दिशामा गाउँपालिका सक्रिय रूपमा लागिपरेको छ उहाँको भनाइ छ ।

“मुख्य गरी कृषि उत्पादन बढाउने र त्यसबाट स्थानीय समुदायको आयआर्जन वृद्धि गराउने लक्ष्य हाम्रो हो, सोहीअनुसार काम गरिरहेका छौँ”, कृषि प्राविधिक चापागाईँले भन्नुभयो । रासस